
Ksbus
Sdc
Rgp
Msbus
Lnp
Ksbus
Asbus
Ggp
Ggp


दाङ । देउखुरीको लमही स्थित आदर्श नमूना माद्यमिक विद्यालयको ४८ औं अभिभावक भेला सनिवार एक कार्यक्रमको बीच देउपुरमा सम्पन्न भएकोछ ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रेशम बहादुर खड्काको अध्यक्षता एवं लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भेला कार्यक्रममा लमही नगरपालिका उप प्रमुख देवका बेल्बासे,३ नम्बर वडा अध्यक्ष बाबुराम चौधरी,लमही नगरपालिका शिक्षा शाखाका बिद्यालय निरीक्षक भवानी गिरि,शिक्षक अभिभावक संघका अध्यक्ष शिवलाल पन्थी,बुद्धिजीवी शिक्षा प्रेमी बसन्त राज शर्मा,शिक्षक अभिभावक संघका पुर्व अध्यक्ष बिर बहादुर केसी,पुर्व प्रधानाध्यापक शशिधर ज्ञवाली,शिक्षा प्रेमी दिलिप राज खनाल,लगायतका वक्ताले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सो विद्यालयका प्रधानाध्यापक शिवहरि पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन बिद्यालयका शिक्षक कुलचन्द्र पौडेलले गर्नु भएको थियो । त्यस्तै व्यवस्थापन समिति चयनको लागि गणपुरक संख्या नपुगेकोले बन्दशत्रमा बिबाद भै बन्दशत्र बैठक स्थगित भएको छ ।
