
Mbdvs
Pbu
Sds
Gisld
Rbs
mbd

Rsb
Ssm
Rgu
Sbs
Tsm
Bbu
Hal
Gst
Rgu
Bbbpu
Sls
Vor
Wsp
Ggd
Asm
nsb
Pvg
Ksm
Rgs

Jmb
Jmb
sab
Mks
Gsb
Rmb
bbt
Rpp
Ptm
Bml
Pls
Syp
Abd
काठमाडौं । आईएमई ग्रुपले विदेशमा कोरोनाबाट ज्यान गुमाएका मृतकका परिवारलाई ‘आईएमई भरोसा कोष’ को रकम वितरण गरेको छ ।
शुक्रबार काठमाडौँमा आईएमई ग्रुपका अध्यक्ष समेत रहेका उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले संयुक्त रुपमा रकम वितरण गर्नु भएको हो । कामदारको रुपमा विदेश पुगेका मृतकका परिवार मध्ये काठमाडौंमा उपलब्ध सात परिवारलाई ‘आईएमई भरोसा कोषको रकम हस्तान्तरण गरिएको छ ।
आज सहयोग रकम पाउनुहुनेमा कोरोनाको कारण साउदी अरबमा मृत्यु भएका ५ जनाको परिवारले र बहराइन एक जना र कतारमा मृत्यु हुनुभएका एक जनाको व्यक्तिका परिवार छन् । सबैले प्रति परिवार ५० हजार रुपैयाँ भन्दा धेरैका दरले भरोसा कोषबाट रकम पाउनु भएको छ । चेक हस्तान्तरण गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले श्रमका लागि विदेश पुगेर उतै मृत्युवरण गरेका कामदारका परिवारको पीडालाई थोरै भएपनि कम गर्न कोषले पहल गरेको बताएको छ । आइएमईले ब्यवसाय र नाफा मात्र हेर्दैन नेपाली दाजु भाइको संकटको साथी पनि भएको अध्यक्ष ढकालले बताउनु भयो ।
आइएमईले २०७६ साल पुष १६ देखि २०७७ असोज ३० गते सम्म कोरोनको कारण बिदेशमा मृत्यु भएका परिवारलाई आवेदन दिन आह्वान गरेको थियो । यस अवधिमा कुल ८१ वटा आवेदन परेको थियो । आगामी पुष मसान्त भित्र सबै परिवारलाई सहयोग रकम हस्तान्तरण गरिने आइएमई ग्रुपले बताएको छ ।
