
Msbus
Rgp
Asbus
Ggp
Lnp
Sdc
Ksbus
Ggp
Ksbus


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन्।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे निर्णय गर्न साढे १२ बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
नेपाली जनताको कमजोर क्रयशक्ति, चाडबाड मुखैमा आएको अवस्थालाई ख्याल गर्दै सम्बन्धित निकायले सरकारको राजनैतिक नेतृत्वसंग परामर्श गरेर मात्र निर्णय गरिनुपर्नेमा त्यो नभएकाले प्रधानमन्त्रीको ध्यानाकर्षण भएको उनले बताए।
सोबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। नेपाल आयल निगमले शनिबारदेखि पेट्रोल लिटरमा दुई रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको थियो।
त्यस्तै खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर दुई सय १५ रूपैयाँ बढाएको थियो। हवाइ इन्धन आन्तरिकतर्फ लिटरमा ८ रूपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर ६० डलर (प्रति लिटर करिब ८ रूपैयाँ) बढाएको थियो।
