
pku
Pbu
Unsku
Ggp
Sgr
cjs
Lnp
Srbpu
Rgp
Pes
Gfs
Ses
Djs
Rgp1

Asm
Rgu
Wsp
Sls
Ggd
Sbs
Rsb
Hal
Vor
Rgu
nsb
Pvg
Bbu
Gst
Ksm
Tsm
Bbbpu
Rgs
Ssm

Jmb
sab
Rpp
Ptm
Abd
Pls
Jmb
Bml
bbt
Rmb
Mks
Gsb
Syp
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिहामा अवस्थित धार्मिक तथा ऐतिहासीक महत्व बोकेको पर्यटकीय स्थल सिद्ध बाघनाथबाबा जंगलकुटीको ब्यवस्थापन समितिले मनोमानी ढंगले नाम फेरेर स्वागत द्धारमा ओंम त्रिकुटा गुरुधाम नेपाल नामाकरण गरेको बिषयमा ब्यापक बिरोध भएपछि देउखुरीको माहोल तात्एिको हो ।
सामाजिक क्षेत्र र सामाजिक सञ्जालमा समेत ब्यापक बिरोध भएपछि ब्यवस्थापन समितिले स्वागतद्धारमा रातारात नाम सच्याएर पहिलेकै नाम लेखेको थारु कल्याणकारिणी सभा क्षेत्र नं. १ देउखुरीले जनाएको छ । सञ्चालक समितिले कुनै भेला समेत नबोलाई एकल ढंगले नाम परिवर्तन गरि स्वागतद्धार र धाममा ओंम त्रिकुटा गुरुधाम नेपाल लेखेको पाईएको हो । यस बिषयमा शहर बजारको सामाजिक क्षेत्र र सामाजिक सञ्जालमा समेत ब्यापक बिरोध भएको थियो ।
त्यस्तै तत्काल थारु कल्याणकारीणी सभा क्षेत्र नं. १ देउखुरीले आइतबार एक बिज्ञप्ति जारी गरि कडा बिरोध गरेको थियो । उक्त बिज्ञप्ती मार्फत सिद्ध बाघनाथ बाबा जंगलकुटीको नाम ब्यवस्थापन समितिद्वारा ओंम त्रिकुटा गुरुधाम नेपाल राखि बोर्डमा समेत नाम परिर्वन गरिएकोमा जंगलकुटीको इतिहास र गरिमामा ठेस पुग्नेगरी गरिएको उक्त कार्यप्रति कडा आपत्ति प्रकट गरिएको थियो । साथै यस बिषयमा स्थलगत अध्ययन गरि सत्य तथ्य बुझ्न असोज ८ गते सोमबार जंगलकुटीमा कार्यक्रमिक भेला बोलाईएको थियो ।
रातारात नाम फेरिएको बिषयमा बिरोधका स्वरहरु आएपछि थारु कल्याणकारीणी सभा देउखुरी क्षेत्र नम्बर १ ले सोमबार जंगलकुटीको स्थलगत अध्ययन अबलोकन सहितको भेला सम्पन्न गरेको छ । थारु कल्याणकारीणी सभा देउखुरीका बरिष्ठ उपाध्यक्ष गोकुल प्रसाद चौधरीको अध्यक्षता र लुम्बिनी प्रदेशका सांसद तथा पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यमा जंगलकुटीमा एक कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रमले नाम शंसोधन गर्न सकिने भएपनि कुनै भेला नबोलाई समितिको एकल निर्णयबाट नाम परिवर्तन गरिएकोमा यसो गर्नु न्यायोचित नभएको भन्दै आगामी असोज २० गतेका दिन सम्बन्धित सरोकारवाला, स्थानीय सरकार र थारु कल्याणकारीणी सभा सहितको बृहत्त भेला बोलाउने निर्णय भएको कल्याणकारी सभा देउखुरीका सचिव बालगोबिन्द चौधरीले जानकारी दिनुभएको छ ।
कार्यक्रममा उपस्थित बक्ताहरुले प्राचिन इतिहास बोकेको धार्मीक तथा पर्यटकीय स्थल सिद्धबाघनाथ बाबा जंगलकुटीको नाम एकाएक फेरिनु दुखःद भएको बताएका छन् । यस बिषयलाई हल गर्न उक्त आकस्मिक कार्यक्रमले असोज २० गतेका लागि देउखुरी स्तरीय भेला बोलाउने भएको सभाले जनाएको छ । उक्त भेलामा जग्गाको बिषयमा समेत खोजि गरिने, बिधानको अध्ययन गरिने र शंसोधीत नामका बारेमा पनि छलफल गरिने बताइएको छ । धार्मिक तथा पर्यटकीय स्थलको नाम शंसोधन गरेको सर्बत्र बिरोध भएपछि गल्ती सच्याउदै ब्यवस्थापन समितिले रातारात पुरानै नाम कायम गरेको पाइएको कल्यााकारीणी सभाले जनाएको छ । रातारात नाम फेरीयो र ब्यापक बिरोध पछि रातारात नाम सच्चाईयो पनि यो जायज काम होइन,थारु कल्याणकारीणी सभा क्षेत्र नम्बर १ देउखुरीका सचिव बालगोबिन्द चौधरीले भन्नुभयो । ब्यापक बिरोध नभएको भए चलखेलको संकेत आएको थियो ।
उक्त कार्यक्रममा सांसद चौधरी सहित थारु कल्याणकारीणी सभाका सल्लाहकारहरु बुद्धिजिवी समाजसेवी राजेन्द्र प्रसाद चौधरी, देवनारायण चौधरी, चेतराम चौधरी, कानूनी सल्लाहकार हल्लु प्रसाद चौधरी, सत्गौंवा समाज दाङका अध्यक्ष खड्क बहादुर चौधरी र ब्यवस्थापन समितिका अध्यक्ष आशाराम चौधरी तथा पूजारी देबिसिंह चौधरी लगायत ९० जनाको उपस्थिति रहेको थियो । सिद्ध बाघनाथबावा जंगलकुटीको नाममा बिगतमा २५ बिगाह हाराहारीमा जग्गा रहेको र सो जग्गाका बारेमा पनि थारु कल्याणकारीणी सभाले गहिरो ढंगले खोजि गर्ने बताएको छ ।
त्यस्तै हाल १७ बिगाह बढी कुटीको नाममा जग्गा रहेको भएपनि केहि जग्गा पूजारीका छोराहरुको नाममा समेत नामसारी भै आएको र अरु जग्गा कसको नाममा छ भन्ने यकिन नभएको बताईएको छ । जग्गााको दुरुपयोगको कुरा बाहिर आएकोले जग्गाका बिषयमा शसक्त ढंगले खोज अनुसन्धान गर्ने थारु कल्याणकारीणी सभाले जनाएको छ । बाघनाथ बावा जंगलकुटीको दशबर्ष अगाडीदेखि भेला तथा साभारणसभा समेत नगरिएको, इतिहास तथा दस्तावेजहरु पनि ब्यवस्थित नरहेको र लामो समयसम्म एउटै समितिको एकल अधिपत्य रहेको सभाका सचिव बालगोबिन्द चौधरीले जानकारी दिनुभयो ।

