
Gfs
Srbpu
Ggp
cjs
Pes
Rgp1
Unsku
Sgr
Pbu
Rgp
Ses
pku
Djs
Lnp

Sbs
Gst
Bbbpu
Bbu
Rsb
Wsp
Rgs
Ksm
Vor
Ssm
Sls
Rgu
Rgu
nsb
Asm
Pvg
Ggd
Tsm
Hal

Jmb
bbt
Gsb
Mks
Bml
Syp
Rpp
sab
Jmb
Abd
Ptm
Rmb
Pls
दाङ । लायन्स ३२५ एन् जिल्ला अन्तर्गत रहेको लायन्स क्लब अफ गढवाको चार्टरपेपर हस्तान्तरण कार्यक्रम एक समारोहका बिच गढवाको कक्रहवा स्थित कृष रिसोर्टमा सम्पन्न भएको छ ।
लायन्स क्लब अफ गढवाका अध्यक्ष उमाकान्त पन्तको अध्यक्षता र प्रतिनिधी सभाका सांसद तथा पुर्व शहरी बिकास मन्त्री मेटमणी चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै सांसद मेटमणि चौधरीले लायन्स क्लबले देशको बिकास र समृद्धिका लागि राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरबाट धनराशी लगानी गरी सामाजिक सेवामा सर्मपित रहेको बताउनु भयो ।
नेपाल सरकारले गर्नुपर्ने कैयन सामाजिक क्षेत्रका कामहरुमा लायन्सको भूमिका महत्वपूर्ण रहेको भन्दै सांसद चौधरीले आफूपनि लायन्समा जोडिएर सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । लायन्सले नेपाल सरकारले गर्नुपर्ने काममा टेवा पुर्याएको उहाँले बताउनु भयो ।
त्यस्तै कार्यक्रममा लायन्स ३२५ एन जिल्ला गर्भनर मकुट ढकाल र लायन्स क्लब अफ लमहीका पदाधिकारीहरुद्वारा गढवालाई चार्टर पेपर हस्तान्तरण गरिएको हो । सो अवसरमा जिल्ला गर्भनर मकुट ढकाल, प्रथम एडिजी बिनोद कुमार श्रेष्ठ, एरिया चिफ डा. भिमसेन गीरी,स्पोन्सर एवं देउखुरी लायन्सका संस्थापक रेशम बहादुर खड्का र लायन्स क्लब अफ देउखुरीका अध्यक्ष गिरीजादेवि न्यौपाने लगायतले लायन्स र यसले गर्दै आएका उल्लेखनीय कार्यहरुका बारेमा प्रकाश पार्नु भएको थियो ।
बिगत १०६ बर्ष अघि स्थापना भएको अन्र्तराष्ट्रिय संस्था लायन्स नेपालमा प्रबेश गरेको ७१ बर्ष पुगेको कार्यक्रममा बताईएको थियो । कुल ३५ क्लब र १२५० सदस्य बराबर एक जिल्ला बन्ने अवधारणा बमोजिम सञ्चालित लायन्स क्लबका नेपालमा कूल १५ जिल्लाहरु रहेको कार्यक्रममा जानकारी गराईएको थियो । जस अनुसार एक क्लब गठन गर्न कम्तिमा २० सदस्य हुनुपर्ने लायन्सको नियम रहेको छ । यसले राजनितिक क्षेत्रभन्दा माथी उठेर निश्पक्ष र तटस्थताका साथ बिसुद्ध सामाजिक क्षेत्रमा काम गर्ने गरेको र एक सदस्यले बार्षिक रुपमा कम्तिमा १५ हजार लगानी गर्नुपर्ने कार्यक्रममा जानकारी गराइएको हो ।
कार्यक्रममा जिल्ला ३२५ एन का गर्भनर मकुट ढकालले लायन्सका बारेमा प्रशिक्षण दिनुभएको थियो । लायन्स क्लब गढवाका नबराज देवकोटाको स्वागत मन्तब्यबाट प्रारम्भ भएको कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ गढवाका सचिव ओंम प्रकाश बसेलले गर्नुभएको थियो ।

