
pku
Unsku
Lnp
Ggp
Pbu
Sgr
Rgp
Srbpu
Pes
Djs
cjs
Gfs
Ses
Rgp1

Rsb
nsb
Rgu
Sbs
Pvg
Rgs
Vor
Ggd
Asm
Ssm
Ksm
Sls
Tsm
Bbu
Wsp
Gst
Bbbpu
Hal
Rgu

Rmb
Mks
bbt
Jmb
Abd
Ptm
Jmb
Bml
Pls
sab
Syp
Rpp
Gsb
बाँके । पुर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तरगत पर्ने बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ चंगाइ नाला नजिक शनिबार राती शक्तिशाली बम विस्फोट भएको छ ।
ढकेरीदेखि करिब ३ किलोमिटर पुर्वमा बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । बम शनिबार राती विष्फोट भएको हो । स्थानीय बासिन्दाले आइतबार बिहान विष्फोट भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । राती विष्फोट भएपनि कति बजे भयो ? भन्नेबारे नखुलेको डिएसपी डाँगीले बताए । विस्फोटबाट कुनै मानवीय क्षति नभएपनि सडकको एक तर्फको भाग भत्केको प्रहरीले जनाएको छ ।
घटनास्थलमा खिया लागेका तार लगायतका टुक्राहरु फेला परेको प्रहरीको भनाइ छ । विष्फोटपछि नेपाली सेनाको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेको डिएसपी डाँगीले बताए । तत्कालिन सशस्त्र द्वन्द्वको समयमा पुर्व-पश्चिम राजमार्गको कोहलपुर-लमही खण्डमा बिद्रोही माओवादीले धेरै स्थानमा माईन विष्फोट गराएको थियो ।
त्यस्तै उक्त सडक खण्डको खैरी खोला नजिक राजमार्गमा बम विष्फोट हुँदा गाडीमा सवार धेरै ठूलो संख्यामा सशस्त्र प्रहरी मारिएका थिए । उक्त समयमा तत्कालीन सेनाले सडकको बिच भागमा विछ्याइएका धेरै ठाउँका माइनहरु निष्क्रिय पारेको थियो । द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको पुष्टि भएपछि सडक विभागले भ्वाङ पुरेको छ । अहिले राजमार्गमा सवारी साधन चलिरहेका छन् ।
