
Srbpu
Sgr
Unsku
Lnp
Ses
Ggp
Djs
pku
Pes
Rgp
Gfs
Rgp1
Pbu
cjs

Rgu
Ggd
Ssm
Ksm
Tsm
Sls
Sbs
Vor
nsb
Asm
Bbbpu
Gst
Pvg
Rsb
Bbu
Hal
Wsp
Rgs
Rgu

Ptm
Jmb
sab
Rpp
Pls
Rmb
bbt
Abd
Gsb
Bml
Mks
Syp
Jmb
दाङ । स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धनका लागि राजपुरकाे जङ्ग्रहवामा शुक्रबार हाट बजार सञ्चालनमा ल्याइएको छ।
स्थानीय उत्पादनलाई सहज रुपमा बजार सम्म पुर्याउने र गाँउ गाँउको उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ हाट बजार सञ्चालनमा ल्याईएको हो । प्रत्येक हप्ताको शुक्रबार हाट बजार संचालन गर्नेगरि संचालनमा ल्याइएको उक्त हाट बजार उद्घाटन कार्यक्रमको राजपुर गाउँपालिका उपाध्यक्ष धनपतीदेवी यादवले रिबन काटेर उद्घाटन गरेकी हुन्।
साझा व्यवसायिक तरकारी उत्पादक समुहले कृषि संकलन केन्द्र तथा हाट बजार सञ्चालनमा ल्याएको हो । हाट बजारका लागि राजपुर गाउँपालिका, राजपुर गापा वडा नं ५ काे समन्वय तथा स्ट्रोम फाउन्डेसन, कृषी ज्ञान केन्द्र दाङ, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रद्वारा संचालित सिड्स कार्यक्रमको संयुक्त सहयोगमा हाट बजार सञ्चालनमा ल्याएको हो ।
हरेक साताको शुक्रबार सञ्चालन हुने गरि हाटबजारमा कृषिजन्य वस्तु, पशुजन्यवस्तु, कृषि औजार, हस्तकला लगायतका स्टलहरु रहेका छन् । स्टलहरु नि:शुल्क उपलब्ध गराईएको हाट बजार व्यवस्थापन समितिका अध्यक्ष मन्शाराम यादवले जानकारी दिनुभयो । उहाँले गाँउ-घरमा तरकारी उत्पादन गर्दा नबिक्ने,सडेर कुहिएर त्यतिकै जाने जस्ता समस्या रहेकाे बताउनुहुन्छ। तर अब समन्वय गरेर हाट बजार सुरू गरिएकोमा त्यस्तो समस्या नहुन सक्ने भएकाले आफु खुसि सहीत धन्यावाद व्यक्त गर्नुभयो।
हाटबजारले किसानहरुका कृषि उत्पादनको बजारीकरणमा सघाउ पुर्याउने भन्दै यसको निरन्तरताका लागि पालिकाले सहयोग गर्ने राजपुर गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी धनपती देवी यादवले बताउनु भयो । ‘गाँउगाउँमा कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुलाई संकलन केन्द्रमार्फत हाटबजारमा विक्रि वितरण गरिनेछ । कृषि उपजको बजारीकरणका लागि पालिकाले प्राथामिकताका साथ अगाडि बढेको छ ।’ यादवले भन्नुभयो ।
उपाध्यक्ष यादवले गाउँगाउँमा संकलन केन्द्र बनाई केन्द्रबाट हाटबजारसम्म ल्याउने र विक्रि गर्ने वातावरण सृजना गर्ने बताउनु भयो । हाट बजारमा खपत भई बाँकी रहेका उपजहरुको बाहिरी बजारमा निर्यात गर्न समेत पालिकाले सहयोग गर्ने उपाध्यक्ष यादवकाे भनाई छ ।
त्यस्तै दीगो बिकासको स्थानीयकरणको महत्वपूर्णपाटो हाट बजार रहेको हुनाले यस्को संरक्षण गर्नमा सबैकाे भूमिका उल्लेखनीय रहेको वडा नं ५ का वडा अध्यक्ष तथा हाट बजार समितिका सल्लाहकार टंक विष्टले बताउनु भयो । उहाँले भन्नुभयो, ‘व्यवस्थित बजारको च्यानलले नै गाँउ गाँउमा उत्पादन र उत्पादकत्व बढाउन सहयोग गर्नेछ ।’ उत्पादकलाई सिँधै उपभोक्तासँग जोड्नका लागि कृषि हाट बजार सञ्चालनमा ल्याइएको वडा अध्यक्ष विष्टले भन्नुभयो।
त्यस्तै किसानहरूले स्थानीय उत्पादन तरकारी, फलफुल मात्रै नभएर यो ग्रामीण भेगमा किसानहरूको स्थानीय उत्पादित सम्पूर्ण कुराहरू बजारीकरण गरेर स्थानीयको जीवनस्तर परिवर्तन गर्ने, आयस्तरमा सुधार गर्ने प्रमुख लक्ष्य रहेको मानव कल्याण तथा वातावण संरक्षण केन्द्र सिड्स कार्यक्रमका कृषि तथा उद्घम विकासका अधकृत यज्ञ राज जोशीले बताउनुभयो।
कार्यक्रममा मानव कल्याण तथा वातावण संरक्षण केन्द्र सिड्स कार्यक्रमका कृषि तथा उद्घम विकासका अधकृत यज्ञराज जोशी,नेकपा एमाले राजपुर कमिटीका अध्यक्ष हेम कुमार जिसी, नेपाली काँग्रेसका सहजराम यादव,बुद्धिजीवी तथा समाजसेवी बिन्तीराम यादव लगायतकाले बोलेका थिए ।
कार्यक्रममा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र सिड्स कार्यक्रमका अनुगमन तथा मूल्याङ्कन अधिकृत विनय गौतम, राजपुर गाउँपालिकाका सूचना शाखा अधिकृत शरद रेग्मी,साधारण नमूना मावि गंगदीका वि.व्य. स. अध्यक्ष घनश्याम चौधरी, शिक्षक नागेन्द्र प्रसाद यादव लगायतका विभिन्न अतिथिहरुको उपस्थिति रहेको थियो।
हाट बजार व्यवस्थापन समितिका अध्यक्ष मन्शाराम यादवकाे स्वागत मन्तव्यबाट सुरू भएको उद्घाटन कार्यक्रममा सभाअध्यक्षता साझ ब्यवसायिक तरकारी उत्पादक समुहका अध्यक्ष कर्ण सिंह भण्डारीकाे थियाे भने सहजीकरण राजपुर-१ नम्बर वडाका वडा सदस्य भिम कुमारी सुनारले गर्नुभएको थियो।

