
ksbl-7
Jsbg-7
Csbg-7
Msbg-2
Usbl-7
Gsbg-3
Jsbr-3
Gsbr-6
Rksr-7
Pbu


काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङको अन्येष्टि गर्ने दिन सार्वजनिक बिदा दिने पनि सरकारले निर्णय गरेको छ । नेम्वाङका छोराहरू विदेशमा रहेको र उनीहरू आएलगत्तै अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ । सरकारले छोराहरू आएर अन्त्येष्टि गर्ने निर्णय भएको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ ।
त्यस्तै नेम्वाङका छोराहरूमध्ये जेठा छोरा बेलायत र कान्छा छोरा अष्ट्रेलियामा रहेका छन् । नेता नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो ।
