
Rgp
Srbpu
Ses
Pbu
Lnp
Ggp
cjs
pku
Unsku
Djs
Sgr
Rgp1
Pes
Gfs

Rgu
Vor
Ssm
Bbu
nsb
Ksm
Bbbpu
Rsb
Pvg
Asm
Sls
Wsp
Rgu
Hal
Rgs
Ggd
Gst
Tsm
Sbs

Rmb
Abd
Jmb
Ptm
Rpp
Syp
sab
Jmb
Gsb
bbt
Pls
Mks
Bml
नुवाकोट । “शिक्षित बालबालिका बाट नै विश्वमा परिवर्तनको थालनि हुन्छ” भन्ने मूल नारा बाेकेर नेपाल लगायत अन्य देशहरुमा कार्य गरिरहेको रुम टु रिड पढ्नको लागि कोठा द्वारा संचालित बालिका शिक्षा कार्यक्रमले ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८० भाद्र २२ तदनुसार ८ सेप्टेम्बर २०२३ का दिन च्वाडि पब्लिक माध्यमिक विद्यालय बिदुर -५ माझीटार नुवाकोटमा मनाएको छ ।
“संङ्क्रमणमा रहेको विश्वका लागि साक्षरता प्रवर्द्धन: दिगो र शान्तिपूर्ण समाज निर्माणको आधार” भन्ने नाराका साथ रुम टु रिडकाे साक्षरता कार्यक्रम लागू भएका सबै र बालिकाशिक्षा कार्यक्रम लागुभएकाे जिल्लाका १२ वटै विद्यालयमा दिवस मनाएकाे जानकारी रुम टु रिड पढ्नकाे लागि काेठा बालिका शिक्षा कार्यक्रम नुवाकोटका बरिस्ठ कार्यक्रम सहायक अर्चना चाैधरिले बताउनु भयो ।
च्वाडि माध्यमिक विद्यालयका ईसिडि देखि कक्षा ५ सम्मका १७१ जना बालबालिकाहरु लाई स्टाेरि कार्ड वितरण र कक्षा ६ देखि १२ सम्मकाहरुले विविध पुस्तकहरु अध्ययन १० मिनेट सम्गम अध्ययन गरि ´´सबै कुरा छोडौ पुस्तक पढौ“ भन्ने क्रियाकलाप गरिएको थियाे । त्यसका साथै साेहि कार्यक्रममै शिक्षकहरुले www.literacycloud.org लगईन गरि रुम टु रिडकाे अनलाईन पुस्तकालय हेरि अध्ययन गर्नु भएको थियाे ।
त्यस्तै अन्तर्राष्ट्रिय साक्षरता दिवस युनेस्कोकाे आह्वानमा सेप्टेम्बर ८ तारिखका दिन हरेक बर्ष मनाईन्छ । युनेस्काेले बताए अनुसार हाल विश्वमा ७६ कराेड ३० लाख (७६३ मिलियन) मानिसहरुमा आधारभूत पढाइ र गणितकाे सीप छैन । आज पनि विश्वका २४ कराेड ४० लाख (२४४ मिलियन) बालबालिका विद्यालय जान पाएका छैनन्
उक्त कार्यक्रममा च्वाडि मा. वि काे ईसिडि देखि कक्षा १२ सम्मका ५१४ छात्र/छात्रा र २३ शिक्षक शिक्षिका सहित ५३७ जनाकाे सहभागिता रहेकाे थियाे । ´´बालबालिकाहरुमा पठन सीपकाे बिकासले पढाईलेखाइ संगै क्षमता र दक्षताकाे बिकासमा टेवा पुग्ने“ कुरा विद्यालयका बाल क्लब शिक्षक गणेशबहादुर कुमालले बताउनु भयाे ।

