
dsbus
gms
Csbus
Gsbus
Amb
Ssbus
Jsbus
Gsl
Nssbus7
Ratbs
Rbs
Pbu
Ddhbs
Bksbus5

Rgs
nsb
Ggd
Ksm
Sls
Sbs
Bbu
Bbbpu
Pvg
Rsb
Rgu
Asm
Ssm
Tsm
Vor
Wsp
Hal
Rgu
Gst

Bml
Jmb
Gsb
sab
Rpp
Jmb
Rmb
Abd
Mks
Ptm
Syp
bbt
Pls
काठमाडौं । भारतसँग १० विकेटको पराजयसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ ।
सोमबार वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य विना विकेट क्षति २०.१ ओभरमा भेट्टायो । भारतका ओपनर कप्तान रोहित शर्मा ७४ र सुभमन गिल ६७ रनमा नट आउट रहे ।
टस हारेर नेपालले पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनायो । नेपालका आशिफ शेखले अर्धशतक बनाए भने सोमपाल कामी मात्र २ रनले अर्धशतक बनाउनबाट चुके ।
नेपालका ओपनयद्वय कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुवात दिलाए । दुबैले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे । नेपालको यो राम्रो थालनीमा भारतको तीन क्याच ड्रपले सहयोग पुगेको थियो ।
भारतलाई पहिलो विकेट लिन पावर प्लेको अन्तिम दोस्रो बल कुर्नु परेको थियो । विश्वस्तरका भारतीय बलरहरु मोहम्मद सामी,मोहम्मद सिराज र हार्दिक पाण्डेको बलमा दुई छक्का र तीन चौका प्रहार गरेका भुर्तेललाई दशौं ओभरको पाँचौं बलमा शार्दुल ठाकुरले आउट गरे ।
साझेदारी टुटेपछि नेपालले लगातार विकेट गुमायो । आसिफले एउटा इण्ड सम्हाले पनि अर्कोतिर विकेट गइरह्यो । भीम सार्की ७, रोहितकुमार पौडेल ५ र कुशल मल्ल मात्र २ रनमा आउट भए । जतिबेला नेपालको स्कोर १०१/४ थियो । त्यसपछि भने नेपालले केही सम्हालियो ।
छैटौं नम्बरमा आएका गुल्सन झाले आसिफसँग ३१ रनको साझेदारी गरे । ८८ बलमा अर्धशतक बनाएका आसिफ ३० औं ओभरको पाँचौं बलमा आउट भए । उनले सर्वाधिक ५८ रन बनााए । थप १२ रन जोड्दा झा पनि व्यक्तिगत २३ रनमा आउट भए ।
सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले पारी नेपालको पारी सम्हाल्ने प्रयास गरे । दुबैले सातौं विकेटका लागि ५० रनको साझेदारी गरे । ४२औं ओभरको पहिलो बलमा ऐरी २९ रनमा आउट भए, जतिबेला नेपालको स्कोर १९४/७ थियो । त्यसपछि पनि सोमपालले केही ठूला सर्ट खेले । अर्धशतक बनाउन मात्र २ रन चाहिएको बेला उनी ४७.२ ओभरमा आउट भए । ५६ बलको सामना गरेका उनले एक चौका र दुई छक्को मद्दतमा ४८ रन बनाए ।
त्यसबेलासम्म पनि नेपालसामू पुरै ५० ओभर खेल्ने अवसर थियो । सन्दीप लामिछाने रन आउट भए भने ललित राजवंशी क्लिन बोल्ड भएपछि नेपाल ४८.२ ओभरमा २३० रन बनाएर अलआउट भयो ।
भारतका लागि मोहम्मद सिराज र रवीन्द्र जडेजाले समान ३/३ विकेट लिए भने मोहम्मद सामी, हार्दिक पाण्डेय र शार्दुल ठाकुरको नाममा एक/एक विकेट रह्यो । यसअघि नेपाल एसियन कपको आफ्नो पहिलो खेल पाकिस्तानसँग पराजित भएको थियो ।अनलाइनखबर
