
Pbu
Srbpu
Rgp1
pku
cjs
Djs
Pes
Ses
Gfs
Ggp
Lnp
Sgr
Rgp
Unsku

Gst
Rsb
Rgu
Hal
Sbs
Ksm
Bbbpu
Asm
Vor
Pvg
Rgs
Ggd
Wsp
Sls
Rgu
Tsm
nsb
Bbu
Ssm

Rpp
bbt
Gsb
Abd
Jmb
Pls
Syp
Bml
Ptm
Jmb
Mks
Rmb
sab
दाङ । देउखुरीको लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले नगरपालिका भित्र भएका पर्यटकीय क्षेत्रलाई संरक्षण गर्ने दायित्व नगरपालिकाको भएको बताएका छन् ।
नगरपालिका भित्र झन्डै एक दर्जन बढी यस्ता खाले क्षेत्र भएको भन्दै मठ मन्दिर, ताल तलैया, पार्क जे जति छन ती सबैको संरक्षण सम्बर्द्धन गरि आन्तरिक तथा बाहिय पर्यटक भित्र्याउन सके आर्थिक लाभ लिन सकिने उपप्रमुख योगीको भनाई छ ।
लमही नगरपालिका-६ र भु तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरले संयुक्त रुपमा आयोजना गरेको छलफल कार्यक्रममा उपप्रमुख योगीले भनिन “हरेक वडामा रहेका टोल समिति, वडा कार्यालयले आफ्नो वडामा भएका ऐतिहासिक स्थलहरुको पहिचान गरेर संरक्षण गर्ने तर्फ लाग्नुस नगरपालिका तपाईंहरुको साथमा छ”- ।
नदीजन्य पदार्थ निकासी गर्दा जहिले पनि पालिका र जनप्रतिनिधि बिवादित हुने भएकोले अब सबै युवाहरु जाग्न जरुरी रहेको बताईन । नदीजन्य पदार्थ सहि तरिकाले निकासी गर्न सके नगरपालिकामा राजस्व संकलन हुने र सोही राजस्वले विकास निर्माणमा लगाउन सकिने योगीको भनाई छ ।
सिमसार अर्जुनखोला कटान न्यूनीकरण सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ ।
लमही नगरपालिका -६ अन्तर्गत रहेको चरचरिया ताल सिमसार विस्तार, संरक्षण र व्यवस्थापन, सिसौबगर सामुदायिक वन क्षेत्र संरक्षण र व्यवस्थापन, अर्जुन खोला कटान नियन्त्रण तथा गिट्टी व्यवस्थापन, अर्जुन सिंचाई आयोजना पुनर्निर्माण र करि सामुदायिक वन संरक्षण व्यवस्थापन लगायतका विषयमा छलफल भएको हो ।
छलफल कार्यक्रममा भु तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरका प्रमुख शेषदत्त चौधरीले ले सिसौबगर सामुदायिक वन भित्र पर्ने चरचरिया ताललाई पर्यटकीय गन्तव्य बन्न सक्ने धारणा राखे । “लमही नगरपालिका -६ को नांगो डाडा अहिले हराभरा भएको छ, अब यसै बगरमा विभिन्न खालका कामहरु गर्न सकिन्छ, त्यसका लागि वडा र स्थानीय सरकारले चासो राख्नु पर्छ”- चौधरीले भने ।
लमही नगरपालिकाकै गहणाको रुपमा रहेको सिसौबगरले थुप्रै संभावना बोकेको कुरालाई जोड दिदै चौधरीले नदिजन्य पदार्थ दोहन र नदि तथा खोला कटानलाई दिगोरुपमा नियन्त्रण गर्न बलियो कार्ययोजना बनाएर अगाडी बढ्नु पर्ने बताए ।
डिभिजन वन कार्यालय दाङ देउखुरीका सहायक वन अधिकृत छोटेलाल चौधरीले वन संग समन्वय गरेर अगाडी बढ्न सुझाव दिए ।
सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरि भुसालले प्रदेशले ल्याएका योजनालाई कार्यान्वयन गर्न स्थानीयको भुमिका महत्त्व भएको बताए । जलाशय क्षेत्रलाई संरक्षित गर्न सके सिंचाईको अभाव नहुने भुसालले बताए ।
समाजसेवी रेशम बहादुर खड्काले हरेक सालमा डुबान हुने लमही नगरपालिका -६ का देउपुर, मध्यनगर, लंगडी, खैरी र कश्यपुरका स्थानीय रातैभर जागराम बस्ने अवस्था छ, त्यस कारण राप्ती नदि र खोला दोहन गर्ने कार्य तत्काल रोकिनु पर्ने बताए ।
“सबैको ध्यान दोहन गर्ने तर्फ गयो तर संरक्षण तर्फ कसैको ध्यान गएन”- खड्काले भने ।समाज सुधारका लागि व्यक्ति इमानदार हुन जरुरी रहेको बताए । सेवा गर्ने भावना भए मात्र समाजमा परिवर्तन आउन सक्ने खड्काको भनाई छ ।
लमही नगरपालिका -६ का वडा अध्यक्ष श्याम नारायण चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
लमही नगरपालिका-६ र भु तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरको संयुक्त आयोजनामा भएको छलफल कार्यक्रममा भु तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शेषदत्त चौधरीले विषय प्रवेश गराएका थिए । कार्यक्रमको सहजीकरण रुपनारायण चौधरीले गरेका थिए ।

