
Gfs
Srbpu
Lnp
Ggp
Sgr
Rgp
Rgp1
Djs
Pes
sbs
Pbu
pku
cjs
Unsku

Gst
Wsp
Bbu
Ssm
Rsb
Vor
Bbbpu
Asm
nsb
Rgu
Ksm
Sbs
Rgs
Pvg
Ggd
Rgu
Tsm
Sls
Hal

Bml
Rmb
Mks
Abd
bbt
Gsb
Syp
Jmb
Ptm
Rpp
Jmb
sab
Pls
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
पालिकाकाे आर्थिक वर्ष २०८०/०८१ काे वार्षिक निति तथा कार्यक्रम अनुसार साे एम्बुलेन्स सञ्चालनमा ल्याएको हाे। निःशुल्क रूपमा एम्बुलेन्स सञ्चालन हुने भएपछि राप्ती गाउँपालिकामा बसोबास गर्ने ८० वर्षदेखि माथि उमेर समूहका ज्येष्ठ नागरिक,क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, प्रसूति सेवाका लागि गर्भवती तथा सुत्केरी महिला, सडक दुर्घटनाका घाइते,सडक सहयोगापेक्षी मानवलाई सहज हुने भएको छ ।
एम्बुलेन्सले गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थामा पुर्याउन नि:शुल्क सेवा दिने छ । सिसहनियाँ स्वास्थ्य चौकीमा रहेको रा १ झ ४२ नम्बरको एम्बुलेन्सलाई गाउँपालिकाले साे सेवाका लागि सञ्चालनमा ल्याइएको हो ।
’बिरामी अन्यत्र लगेर जानु परेमा अर्को एम्बुलेन्स प्रयोग गर्नु पर्ने राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिनभयो । ’स्वास्थ्य चौकीका लागि केही महिनापछि नयाँ एम्बुलेन्सको व्यवस्था गर्ने कुरा छ, रावतले भन्नुभयो – ’पहिले सुत्केरी महिलाहरुलाई मात्र निःशुल्क सेवा प्रदान गर्दै आएका थियौं अहिले त्यो सेवालाई बढाएका छाैं।”
गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार यो एम्बुलेन्सले ८० वर्षदेखि माथि उमेर समूहका ज्येष्ठ नागरिक, क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, प्रसूति सेवाका लागि गर्भवती तथा सुत्केरी महिला, सडक दुर्घटनाका घाइते, सडक सहयोगापेक्षी मानवलाई उपचारका लागि पालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थासम्म निःशुल्क पुऱ्याउने छ ।
कतिपय विकट गाउँहरुमा बस्ने जेष्ठ नागरिकहरुलाई उपचारका लागि स्वास्थ्य चाैकी सम्म आउन निकै समस्य छ”,अध्यक्ष विष्टले भन्नुभयो-“उहाँहरु जस्तै पालिका भरि रहेका ८० वर्ष देखि माथि उमेर समूहका जेष्ठ नागरिक, क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, प्रसूति सेवाका लागि गर्भवती तथा सुत्केरी महिला, सडक दुर्घटनाका घाइते, सडक सहयोगापेक्षी मानवहरुलाई उपचारका लागि पालिका भित्र रहेका सरकारी स्वास्थ्य संस्था सम्म पुर्याउन नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका हाैं।” उक्त एम्बुलेन्स सेवा लिनका लागि एम्बुलेन्स चालककाे माेबाईल नम्बरमा ९८५७८३२७८९मा सम्पर्क गर्नु पर्ने छ। जेष्ठ नागरिकहरुले एम्बुलेन्स सेवा प्रयोग गर्दा अनिवार्य उमेर खुल्ने परिचयपत्र वा नागरिकताको प्रतिलिपी पेश गर्नु पर्ने बताइएको छ।
त्यस्तै साे सेवा सञ्चालन भए पश्चात् पालिका भरि रहेका ८० वर्ष देखि माथिमा २०५ पुरुष र २८४ महिला गरि कुल ३ सय ८९ जना जेष्ठ नागरिकहरु सहित क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, प्रसूति सेवाका लागि गर्भवती तथा सुत्केरी महिला, सडक दुर्घटनाका घाइते, सडक सहयोगापेक्षी मानवहरु प्रत्येक्ष लाभान्वित हुने भएका छन्।
