
Ses
Sgr
Unsku
Lnp
Gfs
Srbpu
Rgp1
Pbu
pku
Ggp
Pes
Djs
Rgp
cjs

Bbbpu
Rsb
Rgu
Rgs
Rgu
Sls
Hal
Bbu
Gst
Sbs
Wsp
Ksm
Pvg
Ggd
Ssm
nsb
Vor
Asm
Tsm

Bml
Jmb
Rpp
Abd
Syp
Ptm
Jmb
bbt
Mks
sab
Pls
Gsb
Rmb
दाङ । दाङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुशील बैद्यले नियम बिपरित ट्रकहरुले बोक्ने ओभरलोड नियन्त्रण गर्न एक्सनमा जाने बताएका छन ।
राप्ती अञ्चल सँयुक्त ट्रक ब्यबसायी समितिका अध्यक्ष रत्न प्रसाद श्रेष्ठ सँगको भेटमा उनले यस्तो बताएका हुन । उद्योगहरुलाई ओभरलोड नियन्त्रण गर्न बारम्बार पत्राचार गरेपनि अटेरी गरेका कारण अब एक्सनमै जानुपर्ने उनले बताए ।
ओभरलोडले सर्बसाधारण ट्रक ब्यबसायीहरु मर्कामा पर्ने, दुर्घटनाको जोखिम बढ्ने, सडक बिग्रने लगायतका समस्याहरु देखा परेका छन । ट्रकहरुको भाडादर नबढ्नुमा पनि ‘ओभरलोड’ प्रमुख कारण रहेको ब्यबसायीहरुको भनाई छ ।
ट्रक ब्यबसायीहरुको हकहितका निम्ति प्रजिअ वैद्य सकारात्मक देखिएका छन । “ओभरलोड नियन्त्रण गर्न परिपत्र आएको छ, हामीले उद्योगहरुलाई बारम्बार खबर गर्यौ तर अटेरी भयो प्रजिअ बैद्यले भने-अब सिधै फिल्डबाट एक्सनमा जान्छौ ।”
उनले समिती सँगको सहकार्यमा फिल्डमै ‘छड्के’ जाने उदघोष गरे । ट्रक समितीले बिगत ६ दिनदेखी निरन्तर ओभरलोड चेकजाँच गर्दै आईरहेको छ । प्रत्यक दिन ओभरलोड फेला परिरहेका छन । ३० भन्दा बढी ट्रकहरु ट्राफिक प्रहरीको नियमानुसार कारबाही पनि परे । तर सामान्य चिटले उनिहरुलाई असर नपर्ने देखिन्छ ।
गन्तव्य तर्फ जाँदै गरेका गाडीहरुको मर्का बुझेर सामान्य चिट काटेर छोडिएपनि अब भने कडा एक्सनमा जाने समितीका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले बताए । ओभरलोड नियन्त्रन पछि गाडी भाडा बढ्ने र जसले गर्दा समग्र ट्रक ब्यबसायीहरुलाई फाईदा हुने उनले जिकिर गरे । “ट्रक लोडपनि पहुँचको भरमा हुन्छ, उनिहरुले टनका टन लोड गरिदिन्छन, जसले गर्दा भाडादर न्यून छ अध्यक्ष श्रेष्ठले भने-यसरी त सर्बसाधारण ब्यबसायीहरु मर्कामा पर्ने भए नि! सबै ट्रकले काम पाउनुपर्छ, सबै ब्यबसायी फस्टाउनु पर्छ भन्ने हाम्रो चाहना हो ।”
दाङको सम्राट र सगरमाथा सिमेन्ट कम्पनी यस्तै चन्द्रौताको बालाजी सिमेन्ट उद्योगबाट लोड भएर आउने ट्रकहरुमा अत्यधिक ओभरलोड पाईएको छ । यातायात व्यवस्था विभागले सवारी चक्काको आधारमा ६ चक्के ट्रकले १० टन, १० चक्केले १७ टन र १२ चक्के ट्रकको अधिकतम भारवाहन क्षमता २१ टन कायम गरेको छ । तर १२ चक्के ट्रकले २५ टनसम्म लोड बोकेको पाइएको हो । कम्पनीहरुले २ वटा फर्जि बिल समेत दिएर बद्मासी गरेको समेत भेटिएको छ ।

