
Pes
Ses
Sgr
Ggp
Rgp
Unsku
Srbpu
Rgp1
pku
cjs
Gfs
Lnp
Djs
Pbu

Sbs
Tsm
Gst
nsb
Bbu
Ggd
Ssm
Rgu
Pvg
Sls
Rsb
Rgu
Asm
Ksm
Wsp
Vor
Bbbpu
Hal
Rgs

bbt
Mks
Ptm
Rmb
Rpp
Syp
sab
Jmb
Pls
Abd
Gsb
Jmb
Bml
दाङ । राप्ती गाउँपालिका स्तरीय नेपाल सितोरियो कराँते संघले ग्रेडिङ तथा हालै सम्पन्न जिल्ला स्तरीय खुल्ला कराँते प्रतियोगिताका विजेता खेलाडीहरुलाई शनिबार सिसहनियाँमा एक कार्यक्रमकाे आयोजना गरि मेडल तथा प्रमाणपत्र सहित सम्मान
गरेको छ।
नेपाल सितोरियो कराँते संघ राप्तीका अध्यक्ष यमलाल वाग्लेकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हाे।
साे कार्यक्रममा बाेल्दै पालिका अध्यक्ष विष्टले खेलाडीहरुले खेलकुदकाे माध्यम बाट आफ्नो वडा देखि जिल्ला, क्षेत्र हुदै राष्ट्रको नाम अन्तर्राष्ट्रिय स्तर सम्म चिनाउने मात्र नभई भावनात्मक रुपमा एकतावद्ध बनाउने समेत बताउनुभयो। उहाँले पालिकाले खेलाडीहरुको हौसला र प्रोत्साहनको लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा हालै सम्पन्न जिल्ला स्तरीय खुल्ला कराँते प्रतियोगिताका विभिन्न ताैल समूहका १५ जना विजेता खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो । उक्त कार्यक्रममा राप्ती गाउँपालिकाका शिक्षा ,युवा तथा खेलकुद शाखाका शाखा प्रमुख विश्वास विक,नेपाल सितोरियो कराँते महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष पदम बहादुर बस्नेत ,लुम्बिनी प्रदेश स्तरीय सितोरियो कराँतेका प्रमुख प्रशिक्षक बलाराम नेपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा राप्ती र लमही क्षेत्रका गरि तीन सय बढी सितोरियो कराँतेका खेलाडीहरु र तिनका अभिभावकहरुकाे सहभागीता रहेको थियो ।

