
Pes
Ggp
Unsku
Srbpu
sbs
Djs
cjs
pku
Gfs
Pbu
Lnp
Rgp1
Rgp
Sgr

Tsm
Sls
Rsb
Bbu
Wsp
Bbbpu
Ssm
Hal
Ksm
nsb
Rgu
Vor
Rgs
Gst
Asm
Rgu
Ggd
Sbs
Pvg

Pls
Rpp
Bml
Ptm
Gsb
Jmb
Syp
bbt
sab
Mks
Abd
Rmb
Jmb
काठमाडौं । भारी वर्षातका कारण पहिरो खस्दा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन् ।
पहिरोले बुटवल-पाल्पा,गोरुसिंगे-सन्धिखर्क, राम्दी-रामपुर र भालुबाङ -प्युठान सडक अवरुद्ध भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी डीएसपी होमबहादुर थापाका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका वडा नम्बर ३ हेडबक्स र झुम्सा नजिकै पहिरो खस्दा बुटवल-पाल्पा सडक बिहानैदेखि दुई ठाउँमा अवरुद्ध छ । यस्तै रम्भा गाउँपालिका १ सांदीखोला नजिक पहिरो खस्दा राम्दी-रामपुर सडक अवरुद्ध भएको छ ।
अर्घाखाँचीको शीतगंगा-१२ बसेनी र सन्धिखर्कको डम्पिङसाइडमा पहिरो खस्दा गोरुसिंगे-सन्धिखर्क सडक दुई ठाउँमा अवरुद्ध भएको छ । यस्तै प्युठानको माण्डवी-गर्जेनीमा पहिरा खस्दा भालुबाङ -प्युठान सडक अवरुद्ध भएको डीएसपी होमबहादुर थापाले जानकारी दिए ।
त्यस्तै भारी वर्षाका कारण पाल्पा हुँदै रुपन्देहीमा बग्ने तिनाउ नदीले जल सतहले खतराको तह पार गरेको छ । स्थानीयका अनुसार तिनाउ नदीमा धेरै वर्षपछि सबैभन्दा ठूलो बाढी आएको छ । सोही कारण मौसम विज्ञान विभागले मध्यान्ह १२ बजेसम्म तिनाउ नदी आसपासका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ ।अनलाइनखबर
