
Bs1
Gsl
Pbu
ksbus


दाङ । २० औं राष्ट्रिय धान दिवस नेकपा एमालेले किसानको खेत रोपेर मनाएकोछ। नेकपा एमाले लमही नगर कमिटीको आयोजनामा लमही नगरपालिकाको १ नम्बर वडामा खेत रोपेर धान दिवस मनाएको हो ।
जिल्ला कमिटी सदस्य एवं नगर इन्चार्ज रतन कुमार केसीको अगुवाइमा पार्टीका केन्द्रिय सदस्य सीता सिग्देल न्यौपाने, केन्द्रिय अनुशासन बिभागका सदस्य एवं लुम्बिनी प्रदेशका पुर्व माननीय सरस्वती गौतम, प्रदेश कमिटी सदस्य मिना गुरुङ, बेदनिधि धिताल, जिल्ला कमिटी सदस्य लक्ष्मी शर्मा,नगरका सदस्य चुरामणी आचार्य १ नम्बर वडा अध्यक्ष घनश्याम खनाल पार्टी नगरका नेता गौरब सिंह महरा,जगेन बुढा,साबित्रा थापा र देबा बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

