
Sdc
Ksbus
Asbus
Ggp
Ksbus
Rgp
Ggp
Msbus
Lnp


दाङ । गढवा गाउँपालिका वडा नम्बर ६ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ।
“पूर्ण खोप सुरक्षित भविष्य”खोप पाउनु बालबालिकाको ‘नैसर्गिक अधिकार हो ‘ भन्ने मूल नाराका साथ दाङको गढवा गाउँपालिका वडा नम्बर – ६ लाई आईतवार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो।
वडा खोप समन्वय समितिले गढवा स्वास्थ्य चौकीमा आइतबार आयोजना गरेको कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पालिकाको वडा नम्बर – ६ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गर्नु भयो।
कार्यक्रमलाई सम्बोधन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। गढवा स्वास्थ्य चौकी, डाक्टर, महिला स्वास्थ्य स्वयंसेविका हरु को ठुलो मिहिनेतले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गर्न सफल भएको बताउदै सबैलाई धन्यवाद दिनु भयो। वडा नम्बर – ६ बाट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा सुरु गरेका छौ अब बिस्तारै सबै वडालाई घोषणा गर्दै जाने छौ- अध्यक्ष पोख्रेलले जानकारी दिनु भयो ।
त्यस्तै जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले गढवा गाउँपालिका वडा नम्बर – ६ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभयो।
साथै गढवा स्वास्थ्य चौकीबाट एक्स- रे सेवा सुरु भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले आईतवार एक्स रे सेवाको फिता काटेर उद्घाटन गर्नु भएको हो। उद्घाटन गरे लगत्तै सेवा सुरु भएको र अन्य ठाउँमा भन्दा केही खर्चमा एक्स रे गर्न सकिने त्यसको लागि केही दिनमै शुल्क निर्धारण गरिने स्वास्थ्य चौकी गढवाले जानकारी दिएको छ । सेवा सुचारु भएको छ, सामान्य एक्स रे गर्नका लागि अब गढवा बाहिर जान नपर्ने गढवा स्वास्थ्य चौकीकी रेडियो ग्राफर सरस्वती चौधरीले जानकारी दिनु भयो।
कार्यक्रममा वडा खोप समन्वय समितिका संयोजक विर बहादुर आले, सदस्य खुमानन्द पोख्रेल,गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी,वडा खोप समन्वय समितिका सल्लाहकार शिवराज पन्थी, शंकर पाण्डे, स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य दिनमणी आचार्य, महिला स्वास्थ्य स्वयंसेविका लगाएतकाको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण गढवा स्वास्थ्य चौकीका सुर्य प्रकाश यादवले गर्नु भएको थियो।

