
Rgp
Ksbus
Ggp
Msbus
Ksbus
Lnp
Sdc
Asbus
Ggp


कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर स्वास्थ्य चौकीको हलमा समुदायमा बाल बालिकाहरुसंग प्रहरी कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिकाको आयोजनामा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बाल बचाउ,बाल अधिकार,बाल संरक्षण, लगायत बाल बालिकाको कानूनी अधिकार,बाल बचाउको अधिकार, बाल संरक्षणको अधिकार,बाल विकासको अधिकार,बाल सहभागिताको अधिकार लगायतका विषयमा कृष्णनगर नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले प्रष्ट पार्नु भएको थियो ।
अपराध,दुर्घटना,घटना,अपराधि,घटना स्थल लगायतको परिभाषा,कसुर भएको जानकारी कसरी दिने,सुरक्षित र असुरक्षित छुवाई,साइबर क्राइम लगायत बाल बालिकाको अधिकार संरक्षण सम्बंधि लघु चलचित्र समेत देखाई वाल बालिकाको हक अधिकार संरक्षण लगायत विषयवस्तुमा ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक नवराज ढुंगेलले सहजीकररण गर्नु भएको भयो।
त्यस्तै उक्त कार्यक्रममा बालबालिकाको अपराध न्यूनिकरणमा भूमिका तथा बालबालिकाबाट आएको जिज्ञासा समेतलाई स्थान दिई सहजीकरण गरिएको थियो । कृष्णनगर नगरपालिका भित्रका वडा नं दुईका३० जना तथा वडा नं तीनका ३० जना बाल बालिका हरूको सहभागिता रहेको थियो ।
