
ksbl-7
Rksr-7
Csbg-7
Gsbr-6
Usbl-7
Msbg-2
Pbu
Jsbg-7
Gsbg-3
Jsbr-3


दाङ । लुम्बिनी प्रदेशका नव नियुक्त मन्त्रीहरूले आइतबार पद तथा गोपनियताको शपथ लिने भएका छन् । प्रदेश राजधानी देउखुरी दाङमा दिउँसो १ बजेका शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर शनिबार सरकारलाई पूर्णता दिएका हुन् । यसअघि उनले गत पुस २८ गते दुई जना बिनाविभागीय मन्त्री नियुक्तिसहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १ सय ६८ अनुसार मन्त्रीहरूको नियुक्ति र कार्यविभाजन गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता ऋषिराम पन्थीले गएराति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै मुख्यमन्त्री गिरीले गत पुस २८ गते बिना विभागीयमन्त्री बनेका दुईसहित नौ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका थिए । विस्तारित मन्त्रिपरिषद्मा सरकारको नेतृत्व गरेको नेकपा एमालेबाट चार, नेकपा (माओवादी केन्द्र) बाट तीन तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना मन्त्री नियुक्त भएका छन् ।
