
Rbs
mbd
Anm
gst
Sds
Ksm
Gmk
Pbu
Mbdvs
Gisld

Asm
Ssm
Tsm
Sbs
Ksm
nsb
Rgs
Hal
Sls
Gst
Rgu
Wsp
Pvg
Rgu
Ggd
Vor
Rsb
Bbbpu
Bbu

sab
Ptm
bbt
Rmb
Jmb
Syp
Bml
Mks
Gsb
Rpp
Abd
Pls
Jmb
दाङ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् । लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवसलाई सम्वोधन गर्दै प्रदेश प्रमुख शेरचनले प्रदेश संघिय सरकारको ईकाइ नभएको बताएका हुन ।
संविधानको पूर्ण कार्यान्वयन गर्दै प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने अहिलेको प्रमुख जिम्मेवारी रहेको बताए । ‘संविधानमा कतै उल्लेख छैन संघिय सरकारको इकाइ प्रदेश हो भनेर,हामी यो भ्रमबाट मुक्त होऔं’उनले भने, ‘संघियतालाई बलियो बनाउन संविधान पूर्ण कार्यान्वयन हुनुपर्छ ।’
त्यस्तै संघिय लोकतान्त्रीक उन्नत व्यवस्था भएको चर्चा गर्दै उहाँले यो व्यवस्था विरुद्ध चलेका हावाहरु मित्थ्या सावित हुने बताए । संविधानमा समावेश गरिएको तीन तहका सरकारका साझा अधिकारको सुचिलाई कार्यान्वयन गर्न साझा कार्यक्रम बनाउन तर्फ ध्यान दिन आग्रह गरिएको छ ।
लुम्बिनी प्रदेश सभाल छैठौं स्थापना दिवस विभिन्न कार्यक्रमगरी मनाइएको छ । नेपालको संविधान २०७२ को धारा १७६ को प्रावधान अनुसार‘लुम्बिनी प्रदेश सभा’स्थापना भएको आज ५ वर्ष पुरा भएको छ । २०७४ मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न संघ र प्रदेशको निर्वाचन पश्चात गठन भएको प्रदेश सभाको पहिलो बैठक आजकै दिन बसेको थियो । २०७४ माघ ७ गते प्रदेश सभाका सदस्यहरुको सपथ ग्रहण पश्चात २०७४ माघ २१ गते प्रदेश सभाको पहिलो बैठक बसेको थियो । सोही दिनलाई प्रदेश सभाले स्थापना दिवसको रुपमा मनाउदै आएको छ ।
कार्यक्रमलाई मुख्यमन्त्री लिला गिरी, प्रमुख प्रतिपक्ष दलका नेता डिल्लीबहादुर चौधरी, सभामुख तुलाराम घर्ती, उपसभामुख मेनुका खाँण केसीले सम्वोधन गर्दै अवको पाँच बर्ष जनताको हित हुनेगरी कानुन निर्माण र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा पहिलो प्रदेश सभा सञ्चालन र व्यवस्थापन गर्न सहयोग गर्ने बुटवल उद्योग बाणिज्य संघ, नेपाल मानव सेवा आश्रम बुटवल, बुटवल महिला जेसिज र पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसियन बुटवललाई कृतज्ञता सहित सम्मान गरिएको थियो । प्रदेश स्थापना दिवसमा आयोजीत मैत्रीपुर्ण भलिबल प्रतियोगितामा बिजेता र सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
