
Gmk
Rbs
Anm
Ksm
Gisld
Pbu
Sds
gst
Mbdvs
mbd

Tsm
Wsp
Hal
nsb
Vor
Pvg
Rgs
Bbu
Ksm
Rgu
Ssm
Asm
Rsb
Sls
Rgu
Gst
Sbs
Bbbpu
Ggd

Bml
bbt
Mks
Ptm
Gsb
sab
Jmb
Rmb
Jmb
Abd
Rpp
Pls
Syp
काठमाडौं । कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेत सहित ४ जना पक्राउ परेका छन् ।
त्यस्तै पक्राउ पर्नेमा (सीइओ) बस्नेत सहित हरेन्द्र दाहाल,चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेका छन् । घटनामा अझै थप केही व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीका अनुसार नेपाल राष्ट्र बैंकद्वारा आएको सूचनाका आधारका ईलाका प्रहरी कार्यालय, दमकले यसबारे अनुसन्धान गरिरहेको छ । यस्तै पक्राउ परेकाहरु माथि बैंकिङ कसूर सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको रेग्मीले बताए ।
त्यस्तै स्रोतका अनुसार विभिन्न फर्जी कम्पनीहरु खडा गरेर त्यसका नाममा ऋण दिइएको थियो । यसबारे कामना सेवा विकास बैंकले पहिले आन्तरिक अनुसन्धान गरेको थियो । त्यसक्रममा समस्या देखिएपछि राष्ट्र बैंकसँग अनुसन्धानका लागि पत्राचार गरेको थियो ।
त्यस्तै बैंकले गरेको अनुसन्धानमा पनि समस्या देखिएपछि अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई भनेको थियो । सीआईबीले झापाको घटना भएकाले इलाका प्रहरी कार्यालय दमकलाई अनुसन्धान गर्ने जिम्मा दिएको थियो ।
