अजय मिश्रा/कपिलवस्तु मंगलबार, पुष १९, २०७९

कपिलवस्तु । मधेस प्रदेशको बारा जिल्लामा जन्मेकि प्रिती पासवानको पछिल्लो समय यता निकै नै लोकप्रियता बढेको छ।

प्रिती पासवानले टिकटक तथा सामाजिक संजाल लगायतका अन्य माध्यमबाट आफ्नो नृत्य कलालाई प्रदर्शन गरी प्रख्यात भइकि हुन । प्रिती पासवानले आफ्नो परिवारिक अवस्थामा भन्छिन् म दलित परिवारमा जन्मिएकी हुँ। मेरो परिवार दलित भएकै कारणले विभिन्न सामाजिक अपहेलित हुनु परेको थियो। शुरुवाति समयमा गरिवीले गर्दा साझ बिहान दुई छाक टार्न निकै कठिनाइ हुने गर्थ्यो। त्यस बखत बुवाले थिएटरमा नाच्ने गर्नुहुन्थ्यो भने आमाले अरूको घरमा गएर भाडा सफा गर्ने काम गर्नुहुन्थ्यो।

पासवानको शुरुवातको अवस्था:

प्रिति आफ्नो वाल्यकालमा गाउँको मन्दिरमा आफैले लेखेको भजन गीत गाउने गर्दथिन्। पछि सा-साना कार्यक्रमको स्टेजमा गएर नाच्ने गर्थिन्। उनी भन्छिन् शुरूको ठूलो स्टेजमा मलाई नाच्न नदिएर म आफै दुई हजार तिरेर स्टेजमा नाच्न पाइएको थियो तर अहिले देश बिदेशमा स्टेज शो गर्न जान्छु। यति धेरै व्यस्तता हुन्छ कि घरमा चाडपर्व मनाउन समय पाईदैन।

त्यस्तै शुरुमा आफै तिरेर कार्यक्रम सहभागि भए पनि दर्शकको माग र चाहना अनुसार म नेपाल लगायत विदेशमा धेरै स्टेज शो गर्ने गरेकि छु। जुन नेपालमा लाखौं रुपैयाँको माग गरेर एक दिनको स्टेज शो गर्दछु भने बिदेशमा अझै धेरै रूपैयाँ लिने गरेकि छु। सबै भन्दा बढी कृतज्ञता आफ्नो आमा-बुवा र दर्शकलाई दिन चाहन्छु। किन कि आमा बुबाको सहयोग र दर्शकको प्रेमले म लोकप्रियता पाईकि छु। कपिलवस्तु चन्द्रौटा बस्ने बिना यादव पनि टिकटकमा भाइरल बन्दै गएकी छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]