
Gsb
Ssb
jsb
Usb
Bsn
Ksb
Ssb
Rsb
Rks
Ppu
Csb
Nsb
Fmb
Tgp
Ksb
Ksb

Hl1
Tsb
Ssb
Usb
Gsb

ptl
Nps
Rgu
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । उनकी आमा हिराबेनको १०० वर्षको उमेरमा निधन भएको हो ।
स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्री मोदीले आज बिहान सामाजिक सञ्जालमार्फत् आफ्नी आमाको निधन भएको पुष्टि गरेका छन् ।
त्यस्तै उनले ट्वीट गरेर भनेका छन्, ‘शानदार शताब्दीको ईश्वरको चरणमा बिराम… । आमामा मैले सधैं त्यो त्रिमूर्तिको अनुभूति गरेको छु, जसमा एक तपस्वीको यात्रा, निष्काम कर्मयोगीको प्रतीक र मूल्यप्रति प्रतिबद्ध जीवन समाहित छ ।’
