
Ssb
Csb
Rsb
Bsn
Ksb
Rks
Tgp
jsb
Nsb
Ksb
Gsb
Ppu
Usb
Fmb
Ssb
Ksb

Hl1
Tsb
Ssb
Usb
Gsb

Nps
Rgu
ptl
बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ अमलेखगन्जमा बस दुर्घटनामा परी मृत्यु भएका नौ जनाको सनाखत भएको छ। बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ।
हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १६ जनामध्ये १४ जनाको सनाखत भएको प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए। मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका–१६ की मुन्नीदेवी चौरसिया,हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ की ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ,बाराको कलैया–१० का नगरीन खातुन,बाराको अमलेखगन्जका सुरेश विक,बाराको कलैयाका इन्ताज अन्सारी,ओखलढुंगाका ४५ वर्षीय लालबहादुर बोगटी,गोर्खाकी अम्बिका काडेल र पर्साको वीरगन्ज–१६ का सकेमप्रसाद चौरसिया रहेको एसपी गौतमले जानकारी दिए। बसमा सवार यात्रु संख्या यकिन हुन नसके पनि झन्ड ५० जना रहेको अनुमान प्रहरीले छ।
त्यस्तै नारायणघाटबाट पथलैया हुँदै वीरगन्ज जाँदै गरेको बा ०६–००१ ०११० नम्बरको बस जितपुर सिमरा उपमहानगरपालिका – २२ अमलेखगन्जमा दुर्घटना भएको हो। चिप्लो बाटो र घुम्तीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ। बस सडकबाट चिप्लिएर सय मिटर तल खसेको थियो।
