
Srbpu
Gfs
Djs
Sgr
sbs
Rgp1
Unsku
cjs
Ggp
Rgp
Lnp
pku
Pbu
Pes

Rsb
nsb
Hal
Ksm
Vor
Sls
Sbs
Gst
Rgs
Asm
Bbu
Ssm
Rgu
Rgu
Pvg
Tsm
Bbbpu
Ggd
Wsp

sab
Syp
Abd
Bml
bbt
Pls
Rmb
Mks
Jmb
Jmb
Gsb
Ptm
Rpp
बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ अमलेखगन्जमा बस दुर्घटनामा परी मृत्यु भएका नौ जनाको सनाखत भएको छ। बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ।
हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १६ जनामध्ये १४ जनाको सनाखत भएको प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए। मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका–१६ की मुन्नीदेवी चौरसिया,हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ की ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ,बाराको कलैया–१० का नगरीन खातुन,बाराको अमलेखगन्जका सुरेश विक,बाराको कलैयाका इन्ताज अन्सारी,ओखलढुंगाका ४५ वर्षीय लालबहादुर बोगटी,गोर्खाकी अम्बिका काडेल र पर्साको वीरगन्ज–१६ का सकेमप्रसाद चौरसिया रहेको एसपी गौतमले जानकारी दिए। बसमा सवार यात्रु संख्या यकिन हुन नसके पनि झन्ड ५० जना रहेको अनुमान प्रहरीले छ।
त्यस्तै नारायणघाटबाट पथलैया हुँदै वीरगन्ज जाँदै गरेको बा ०६–००१ ०११० नम्बरको बस जितपुर सिमरा उपमहानगरपालिका – २२ अमलेखगन्जमा दुर्घटना भएको हो। चिप्लो बाटो र घुम्तीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ। बस सडकबाट चिप्लिएर सय मिटर तल खसेको थियो।
