
Mbdvs
mbd
Gisld
Sds
Ksm
Gmk
Pbu
gst
Rbs
Anm

Rgu
Bbbpu
Rgs
Ksm
Sbs
Sls
Bbu
nsb
Vor
Gst
Ggd
Tsm
Rsb
Hal
Rgu
Wsp
Pvg
Ssm
Asm

Pls
Mks
Bml
Syp
Abd
sab
Rmb
Jmb
Jmb
Gsb
Rpp
bbt
Ptm
धनगढी । दार्चुलामा शुक्रबार रातिबाट परेको अविरल वर्षाले ठूलो जनधनको क्षति गरेको छ। नौगाड गाउँपालिकामा पहिरोमा परि एक महिलाको मृत्यु भएको छ । नौगाड गाउँपालिका वडा नम्बर १ सल्लामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको हो ।
त्यहाँका स्थानीय पत्रकार श्याम धामीका अनुसार पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाकाे पनि मृत्यु भएको छ। मृतक बालिकाको शव पुरिएको अवस्थामा फेला परेको काका भरत ठगुन्नाले बताए। शुक्रबार राति एकबजेतिर खसेको पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको जिवितै उद्धार गरिएको छ। नौगाड गाउँपालिका वडा नम्बर २ दल्लेखका ६० वर्षीय मोहनराम पार्की पनि बेपत्ता रहेका छन्। पहिरोले सल्लाका आठ घर पुरिएका छन् भने स्थानीय बिरा ठगुन्नाको हाटखुट्टा भाँच्चिएर घाइते अवस्थामा उद्धार गरिएको छ। नौगाडमा पहिरोमा परि केही मानिस बेपत्ता भएको आशंका गरिएको छ ।
त्यस्तै यता,दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्याएको छ। स्थानीयका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन्। अहिलेसम्म एक विद्यालय,११ घर, दुई वटा पुल र केही सवारी साधन बाढीले बगाएको भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए। हालसम्म ११ जना बेपत्ता भएको उनले जानकारी दिए। अहिले उद्धार र खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको उनले बताए । घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ।
