
Asbus
Ksbus
Ggp
Ksbus
Ggp
Sdc
Lnp
Rgp
Msbus


रुकुम । महालक्ष्मी विकास बैंक लि.रुकुम शाखाद्वारा जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमलाई राउण्ड टेबल हस्तान्तरण भएको छ ।
जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमकाे सभा हलमा आज एक कार्यक्रमकाे आयाेजना गरि महालक्ष्मी विकास बैंक लि. रुकुम शाखाले आफ्नाे सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत जि.प्र.का. रुकुम पश्चिमलाई करिव रु. ९५,०००/- हजार बराबरकाे राउण्ड टेबल हस्तान्तरण गर्नुका साथै साे सभा हलकाे रङ्गराेगन तथा मर्मत गर्ने कार्य सम्पन्न गरेकाे हो ।
त्यस्तै उक्त कार्यक्रममा रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी श्री प्रमानन्द घिमिरे,जिल्ला प्रहरी प्रमुख श्री बिस्णु प्रसाद साेती,महालक्ष्मी विकास बैंक लिं रुकुम शाखाका शाखा प्रबन्धक श्री खगेन्द्र कुमार बुढा लगायत बैंकका अन्य कर्मचारी तथा अन्य राष्ट्र सेवक कर्मचारिकाे उपस्थिति रहेकाे थियाे । साेहि कार्यक्रममा मन्तव्य राख्ने क्रममा प्रमुख जिल्ला अधिकारी ज्यूले मुसिकाेट खलंगामा संचालित सम्पुर्ण बैंकले गर्ने आफ्ना सामाजिक उत्तरदायित्व सम्बन्धि कार्य जि.प्र.का. संग समन्वय गरि गर्न सल्ला सुझाव दिनुभयाे र यस राउण्ड टेवल हस्तान्तरन गरेकाेमा बैंकलाई धन्यबाद दिनुभयाे साथै बैंकले जि.प्र.का.काे मुल मर्म अनुसारकाे कार्य गरेकाेमा स्वागत पनि गर्नुभयाे र अन्य बैंकले पनि महालक्ष्मी विकास बैंक लि.काे सहि कार्यकाे सिकाे गर्नुहुनेछ भन्ने कुराकाे बिश्वास पनि ब्यक्त गर्नु भयाे ।
साथै साेहि कार्यक्रममा बाेल्दै जिल्ला प्रहरी प्रमुख बिस्णु प्रसाद साेती ज्यूले बैंकले हाम्राे अनुराेधलाई स्विकार गरि जिल्ला प्रहरी कार्यलयकाे दैनिक कार्य संचालनार्थ गर्नु पर्ने विभिन्न सेमिनार,गाेष्टि,तालिम संचालन,निर्वाचन सेल सम्बन्धि विभिन्न कार्य गर्न तथा विभिन्न प्रशिक्षण सम्बन्धि कार्य गर्न राउण्ड टेबल हस्तान्तरण गर्दिनुभयकाेमा महालक्ष्मी विकास बैंक परिवारलाई धन्यबाद ज्ञापन गर्नुभयाे र बैंकलाई बिगतमा पनि सहयाेग गरेकाे र आगामि दिनमा पनि सहयाेग गर्ने कुराकाे बिस्वास ब्यक्त गर्नुभयाे ।
यस्तै साेहि कार्क्रमकाे सुरुवाति बक्ताकाे रुपमा बाेल्दै बैंकका शाखा प्रबधन्क श्री खगेन्द्र कुमार बुढाले बैंकले आफ्नाे सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले समाजप्रतिकाे उत्तरदायित्वलाई बाेध गर्दै धेरै नै जनसम्पर्क हुने ठाउँ जिल्ला प्रहरी कार्यलयकाे सभा हलमा करिव रु. ९५,०००/- हजारकाे राउण्ड टेवल हस्तान्तरण लगायत सभा हलकाे रङ्गराेगन तथा मर्मत कार्य सम्पन्न गर्न सकेकाेमा खुसि ब्यक्त गर्नुभयाे र उक्त राउण्ड टेवले जिल्ला प्रहरी कार्यलयकाे कार्य सम्पादनमा सहताता आउने र कार्य प्रभावकारिता हुने कुरामा पनि बिश्वास ब्यक्त गर्नुभयाे ।
अन्तमा बैंकले नेपाल अधिराज्यभर आफ्ना करिव ५००,०००/- ग्राहकलाई बैंकका १०३ वटा शाखा कार्यलय र ३४ वटा एटियम बुथबाट ३६५ दिन नै सम्पुर्ण बित्तिय सेवा प्रदान गर्दै आयकाे ब्यहाेरा पनि जानकारि गराउनुभयाे साथै महालक्ष्मी विकास बैंकका आकर्षक प्रतिफल तथा सुबिधा सहितका महालक्ष्मी बचत बृद्दि खाता तथा महालक्ष्मी महा बचत खाता खाेलि भरपुर सुबिधाकाे उपयाेग गर्न समेत आम ग्राहक महानुभावमा हार्दिक अनुराेध समेत गर्नुभयाे र आगामि दिनमा समेत यस्ता कार्यलाई निरन्तरता प्रदान गर्ने बिश्वास समेत दिलाउनुभयाे ।
