
Pbu
Sds
Ksm
Anm
Gisld
gst
mbd
Rbs
Gmk
Mbdvs

Hal
Bbbpu
Vor
Rgs
Bbu
Rgu
Pvg
Asm
Gst
Tsm
nsb
Sls
Ssm
Rsb
Sbs
Ggd
Ksm
Rgu
Wsp

Gsb
Rmb
Ptm
Jmb
Pls
Jmb
Abd
Mks
Syp
Bml
Rpp
bbt
sab
दाङ । दाङमा साथी भनेर १४ लाख रुपैयाँ सापटी दिएको रकम फिर्ता नभएपछि एक जनाले अदालतमा ठगी मुद्दा दर्ता गरेका छन् ।
राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी सुर्ज बहादुर गुरुङले कपिलवस्तुको शिवराज नगरपालिका–८ बिसनपुर चन्द्रौटा निवासी अहमद अब्दुल रौफलाई १४ लाख २५ हजार दिनुभएको थियो ।
तर उक्त रकम फिर्ता नगरपछि गुरुङले रौफका विरुद्दमा जिल्ला अदालत दाङमा ठगी मुद्दा दर्ता गर्नुभएको छ । मैले बैशाखमा उसलाई १४ लाख २५ हजार साथी भनेर सापटी दिएको थिए । तर उक्त रकम फिर्ता नगरेपछि म मारमा परेको छु, गुरुङले भन्नुभयो, अन्तिममा आएर अदालतमा मुद्दा दर्ता गरेको छु ।
चिन्जानका आधारमा गुरुङले रौफलाई थोरै थोरै गर्दै १४ लाख २५ हजार रुपैयाँ दिएको र असार ५ गतेको चेक लिएको बताउनुभयो । तर चेकको म्याद सकिदा पनि अब्दुल रौफले पटक–पटक म्याद सार्दै पैसा नदिएको गुरुङले बताउनुभयो ।
अहिले भदौ महिना सकिन लाग्दा पनि पैसा दिनुको साटो रौफ सम्पर्कबिहिन भएको उहाँले जानकारी दिनुभयो । साथै गुरुङले अहिले चेक बाउन्समा राखेको बताउनु भयो । फोन गरेर आफुले दिएको पैसा बारम्बार माग्दा रौफले राजनीति दलको डर त्रास देखाउदै धम्क्याउदै पैसा नदिने मान्साय बनाएको पीडित गुरुङ बताउनुहुन्छ ।
साथै भालुवाङमा रहेको कृषि बिकास बैँकमा रौफको खाता ब्ल्याक लिस्टमा राख्ने प्रकिया अगाडि बढाएको पनि गुरुङले बताउनुभयो ।
