Sidha Patra बुधबार, भाद्र २२, २०७९

दाङ । घोराही-लमही सडक खण्ड अन्तरगत पर्ने भैंसी बगाउने खोलामा ट्रक पल्टिँदा सह-चालक खाँको च्यापिएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देही रोहिनी गाउँपालिका वडा नम्बर ६ का अन्दाजी २५/२६ वर्षीय सखर खाँ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारले जानकारी दिनु भयो ।बुधबार दिउँसो एक बजेतिर घोराहीबाट भैंसीको छाला लोड गरेर लमहीतर्फ जाँदै गरेको लु २ ख ५९३ नम्बरको ट्रक घोराही उपमहानगरपालिका वडा नम्बर ३ भैंसी बगाउने खोलामा पल्टिँएको हो ।छाला लोड गरेको ट्रक पल्टिँदा सह-चालक खाँ च्यापिएका थिए भने सडक अवरुद्ध भएको थियो । जेसिवीको सहायताले सह-चालकको शव निकालेर अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिनु भयो ।त्यस्तै सडक अहिले एकतर्फी रुपमा खुलेको डिएसपी गौतमले जानकारी दिनु भयो । ब्रेक फेल भएर ट्रक पल्टिँएको हुन सक्ने प्रहरीले बताएको छ । तर ट्रकका चालक फरार रहेकाले अन्य कुरा खुल्न नसकेको प्रहरीले अनाएको छ । चालकको अहिले खोजी कार्य जारी रहेको दाङ प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]