
Ksm
Pbu
mbd
Mbdvs
Gmk
Anm
gst
Sds
Rbs
Gisld

nsb
Ggd
Vor
Asm
Rgu
Rsb
Gst
Ksm
Sbs
Sls
Bbu
Tsm
Hal
Rgs
Wsp
Ssm
Bbbpu
Pvg
Rgu

sab
Jmb
Rpp
Ptm
Abd
bbt
Gsb
Pls
Rmb
Bml
Syp
Jmb
Mks
दाङ । घोराही-लमही सडक खण्ड अन्तरगत पर्ने भैंसी बगाउने खोलामा ट्रक पल्टिँदा सह-चालक खाँको च्यापिएर मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देही रोहिनी गाउँपालिका वडा नम्बर ६ का अन्दाजी २५/२६ वर्षीय सखर खाँ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारले जानकारी दिनु भयो ।
बुधबार दिउँसो एक बजेतिर घोराहीबाट भैंसीको छाला लोड गरेर लमहीतर्फ जाँदै गरेको लु २ ख ५९३ नम्बरको ट्रक घोराही उपमहानगरपालिका वडा नम्बर ३ भैंसी बगाउने खोलामा पल्टिँएको हो ।
छाला लोड गरेको ट्रक पल्टिँदा सह-चालक खाँ च्यापिएका थिए भने सडक अवरुद्ध भएको थियो । जेसिवीको सहायताले सह-चालकको शव निकालेर अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिनु भयो ।
त्यस्तै सडक अहिले एकतर्फी रुपमा खुलेको डिएसपी गौतमले जानकारी दिनु भयो । ब्रेक फेल भएर ट्रक पल्टिँएको हुन सक्ने प्रहरीले बताएको छ । तर ट्रकका चालक फरार रहेकाले अन्य कुरा खुल्न नसकेको प्रहरीले अनाएको छ । चालकको अहिले खोजी कार्य जारी रहेको दाङ प्रहरीले जनाएको छ ।
