
gst
Gmk
Anm
Mbdvs
Gisld
mbd
Sds
Rbs
Ksm
Pbu

Gst
Ksm
Sbs
Vor
Rgu
Hal
Wsp
Bbu
Rgs
Asm
Ggd
Bbbpu
Sls
Ssm
nsb
Rsb
Pvg
Tsm
Rgu

Jmb
Ptm
Pls
Abd
Rpp
sab
Syp
Gsb
Mks
Rmb
Bml
bbt
Jmb
दाङ । लमही चेम्बर अफ कमर्सको चौथो साधारण सभा तथा दोस्रो अधिबेशन शनिबार जखेरातालमा सम्पन्न भएको छ ।
चेम्बरका अध्यक्ष अजय न्यौपानेको अध्यक्षतामा सम्पन्न अधिबेशनले शितल भुसालको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा किरण कुमार बुढाथोकी, उपाध्यक्षमा शसिराम नेपाली, महासचिबमा केशब अधिकारी, कोषाध्यक्षमा प्रमोद बस्नेत, सह कोषाध्यक्षमा निर्मला ज्ञवाली सर्बसहमतीबाट चुनिएका छन् ।
सदस्यहरुमा प्रमोद गौतम, ऋषिराज खनाल, उत्तम बिष्ट, राजेन्द्र श्रेष्ठ, हुमा कुमारी पाण्डे (सपना), कमला चुदाली, रामचन्द्र शर्मा, लोकेन्द्र खनाल, मोहन केसी, शेषमणी अधिकारी, शिबशँकर गुप्ता, कृष्ण थापा, झबिन्द्र आचार्य र भागवता अधिकारी (शबि) रहेका छन् ।
संस्थाको प्रेस संयोजकमा पत्रकार शिबराज खनाललाई नियुक्त गरिएको छ । त्यस्तै संस्थाको सल्लाहकारहरुमा निर्मला ज्ञवाली, पदम थापा, दानबहादुर नेपाली, हरिराम चौधरी र ऋषिराज घिमिरे (सन्तोष) लाई चयन गरिएको छ ।
कार्यक्रममा बोल्ने बक्ताहरुले नयाँ नेतृत्वलाई बधाई ज्ञापन गर्दै ब्यबसायीहरुको हकहितका निम्ति समग्र देउखुरीको बिकाशमा जुट्न अनुरोध गरे । आफ्नो ठाउँ आफै बनाउ भन्ने नारा सहित दिर्घकालिन सोच सहित सबै जुट्नुपर्ने आबस्यक्ता औँल्याए । उनीहरुले सम्पुर्ण ब्यबसायीको पिर मर्का बुझी स्थानिय पालिकामा सुचिकृत हुनुपर्ने माग समेत राखेका छन् ।
कार्यक्रममा संस्थाका महासचिब केशब अधिकारीले बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए । भने शसिराम नेपालीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । बरिष्ठ उपाध्यक्ष शितल भुसालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा पत्रकार केपी घिमिरे, अध्यक्ष अजय न्यौपाने लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण महासचिब केशब अधिकारीले गरेका थिए ।
