
Sgr
Ggp
Rgp
pku
Srbpu
Lnp
Rgp1
Unsku
Pbu

Ggd
Sbs
Rsb
Vor
Wsp
Bbu
Rgu
Pvg
Rgu
Asm
Hal
Tsm
Ssm
Bbbpu
Sls
Rgs
nsb
Ksm
Gst

Pls
Syp
Mks
Rmb
bbt
Gsb
Jmb
Bml
Ptm
sab
Rpp
Jmb
Abd
दाङ । घोराही उपमहानगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि छड्के अनुगमनलाई निरन्तरता दिएको छ । विद्यालय समयमा शिक्षक नपुग्ने, ढिलागरी पुगेका शिक्षकले विद्यार्थी नपढाउने,शैक्षिक गुणस्तरमा ध्यान नदिने जस्ता गुनासाहरुबा बीच सामाजिक विकास महाशाखाले पछिल्लो एक महिनामा पालिकाभित्रका मावि तहका सामुदायिक विद्यालयमा छड्के अनुगमन तीव्र पारेको छ ।
जसअनुसार अहिलेसम्म २ दर्जन बढी सामुुदायिक विद्यालयमा छड्के अनुगमन गरी आवश्यक निर्देशन र सुझाव दिईएको सामाजिक विकास समिति संयोजक राममणि पाण्डेले बताउनुभयो । आईतबार पनि घोराही १५ स्थित पद्मोदय पब्लिक नमूना माविमा छड्के अनुगमन गरिएको छ । बिहान ठीक १० बजे विद्यालय प्रवेश गरेको अनुगमन टोलीले शिक्षकले हाजिर गर्ने समय,पढाउने शिक्षकहरुको तालिका, वार्षिक शैक्षिक क्यालेन्डर,प्रशासनिक अवस्था लगायत शैक्षिक गतिविधीका बारेमा वृहत रुपमा अनुगमन निरीक्षण गरेको हो ।
विद्यालयमा सबै तह गरेर विद्यालयमा १ सय २० जना शिक्षक रहेका छन् । जसमा निर्धारित समयमा अधिकांश शिक्षक गयल भएका छन् । अनुगमनमा रहनुभएको घोराही उपमहानगरपालिका सामाजिक विकास शाखा संयोजक एवं प्रवक्ता पाण्डेका अनुसार विद्यालयमा शिक्षकले हाजिर नगर्ने,शिक्षक भार अनुसार कक्षा नलिने तर अतिरिक्त कक्षाका लागि अग्रसर हुने जस्ता भएको पाईएकाले सुधारका लागि सुझाव दिइएको छ । अगुगमन टोलीले मावि तह कक्षा १२ सम्म भएकाले यसलाई एउटै समयमा सुचारु गर्ने गरी समय तालिका व्यवस्थापनमा विशेष ध्यान दिने गरी समय तालिकामा एक रुपता ल्याउन सुझाव दिएको छ । संयोजक पाण्डेले विद्यालयको भौतिक अवस्थाका बारेमा चासो राख्दै विद्यालयको नाममा रहेको जग्गाको वर्तमान अवस्थाका बारेमा जानकारी गराउन आग्रह गर्नुभएको थियो ।
यस्तै उहाँले शिक्षकले तलब खाएर दिन काट्ने प्रवृति सुधार्न मात्रै नभई शैक्षिक उपलब्धी हासिल हुने गरी लाग्न सुझाव समेत दिने गरेको बताउनुभयो । ‘कुन विद्यालयमा के समस्या छ भनेर जानकारी लिइसकेपछि त्यसै अनुसार उपमहानगरपालिकाले सहयोग गर्ने भएकोले यो अनुगमन जरुरी थियो’, उहाँले भन्नुभयो ‘विद्यालयमा नै पुगेर अवस्थाको बारेमा जानकारी लिँदा यथार्थ जानकारी आएको छ भने शिक्षकलाई राम्ररी पढाउनुपर्छ भन्ने मान्यता स्थापित गर्न सहयोग पुगेको छ, हामी घोराहीको शिक्षामा आमूल परिवर्तन ल्याउने गरी अघि बढेका छौँ ।’यस्तै,अनुगमन टोेलीले विद्यालयको शैक्षिक तथा भौतिक अवस्था बारे निरिक्षण पनि गरेको थियो । कक्षाकोठा, विद्यालयको भौतिक संरचना, शिक्षण सिकाईको अवस्था, सुरक्षित पिउने पानी,शौँचालय लगायत व्यवस्थित हुँदै गएको अनुुगमन टोलीले जनाएको छ । यसअघि पनि टोलीले सोही विद्यालयमा अनुगमन गरेको थियो ।
शिक्षा महाशाखा अधिकृत नारायण पौडेलले विद्यालयको शैक्षिक सुधारका लागि पछिल्लो समय गरिएको सैद्धान्तिक प्रयासलाई विद्यालयमा लागू भएको छ की छैन भनेर पनि निरिक्षणका क्रममा हेर्ने गरिएको बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि शिक्षक,विद्यार्थी,प्रशासन र विद्यालय व्यवस्थापनबीचको अवस्थाका बारेमा छड्के अनुगमनका क्रममा विशेष रुपमा निरीक्षण गर्ने गरिएको उहाँले बताउनु भयो ।
शिक्षा महाशाखा अधिकृत पौडेलले सरकारले जारी गरेको शैक्षिक निर्देशिका अनुसार विद्यालयले काम गरे नगरेको हेर्ने गरिएको र थप सुधारका लागि सुझाव दिँदै आगामी दिनमा कमजोरी नगर्न सचेत गराईएको बताउनुभयो । विद्यालय प्रशासन,विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक समिति, सरोकारवाला र स्थानीय सरकारबीच विद्यालयले गर्ने प्राय कामका बारेमा जानकारी हुनुपर्ने भएकाले पारदर्शी बन्न पनि सचेत गराइएको छ । ‘यो विद्यालयमा पठनपाठनको अवस्था सन्तोष गर्न लायक छ,भौतिक र शैक्षिक अवस्था सुधार भएको उदाहरण विद्यार्थीको चापले पनि बताउँछ तर,अरु प्रशासनिक पक्ष पनि सुधार्न सुझाव दिएका छौँ,’ शाखा अधिकृत पौडेलले भन्नुभयो ।
सो अवसरमा, अनुगमन टोलीले विद्यालयको सामाजिक परिक्षण पछिल्लो निर्देशिका अनुसार गर्न गराउन,सफ्टवेयरमा विद्यार्थी विवरण अबिलम्ब अपडेट गर्न,दिवा खाजाको अभिलेखलाई चुस्त दुरुस्त राख्न,शिक्षकहरुको विदा स्वीकृतिको अभिलेख व्यवस्थित गर्न निर्देशन दिएको छ ।
विद्यालयका प्रधानाध्यापक रामप्रसाद जैसीले शैक्षिक, प्रशासनिक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो भने तहगत रुपमा जिम्मेवारी लिनुभएका शिक्षकहरुले पनि वर्तमान अवस्थाका बारेमा अवगत गराउनुभएको थियो ।
त्यस्तै प्रधानाध्यापक जैसीले ८० प्रतिशत बढी शिक्षक नीजि श्रोतबाट राखिएकाले शिक्षकलाई तलब खुवाउन चुनौति रहेको बताउनुभयो । विद्यार्थीको चाप अनुपातमा शिक्षकहरु नियुक्त गर्दा आर्थिक भार परेपनि अभिभावकहरुको विश्वासलाई कामय राख्ने काम गरेको बताउनुभयो । बालबालिकाले शैक्षिक सत्र शुरुभएको लामो समय बितिसक्दा पनि पाठ्यपुस्तक नपाएको,साना बालबालिकाहरुका लागि उपलब्ध हुने दिवाखाजाको रकम समय सापेक्ष नभएको हुँदा समस्या समाधानमा सहजीकरण गरिदिन उहाँले अपिल गर्नुभयो । विद्यालयमा तल्लो तहको कक्षा अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ । हाल विद्यालयमा कक्षा १२ सम्म ४ हजार २ सय बढी विद्यार्थी अध्ययनरत रहेको प्रअ जैसीले बताउनुभयो ।
यस्तै,सहायक प्रधानाध्यापक लोकबहादुर बस्नेतले शैक्षिक सुधारका लागि पालिकाले थालेको अनुगमन निरिक्षणको काम निकै राम्रो अभ्यास भएको बताउनुभयो । उहाँले माथिल्लो निकायबाट गरिने अनुगमन निरिक्षणले शैक्षिक सुधारमा ठूलो भमिका खेल्ने हुँदा यसलाई आगामी दिनमा अझ विज्ञ टोलीहरुका साथ अनुगमन गरिदिन आग्रह गर्नुभयो ।
अनुगमनमा घोराही उपमहानगरपालिकाकी कार्यवाहक नगरप्रमुख हुमा डिसी,शिक्षा समिति सदस्य जीवन गौतम, शिक्षा महाशाखाका अधिकृत घनश्याम वली,पत्रकार लगायतको सहभागीता रहेको थियो । शिक्षा महाशाखाको अनुगमन टोलीले आगमी दिनमा पनि निरन्तर छड्के अनुगमन जारी राख्ने बताएको छ ।
