
Srbpu
Lnp
Rgp
pku
Pbu
Ggp
Unsku
Sgr
Rgp1

Wsp
Rgu
Tsm
Pvg
Bbbpu
Sls
Ssm
Sbs
Ksm
Gst
Rgs
Bbu
Ggd
Rgu
Asm
Hal
nsb
Vor
Rsb

Jmb
Gsb
Rmb
sab
bbt
Bml
Ptm
Pls
Jmb
Rpp
Mks
Syp
Abd
सल्यान । अत्यधिक भारवाहन गरेका ट्रिपर सञ्चालनका कारण जीर्ण र जोखिमयुक्त भएको कपुरकोट–निगालपानी सडकको स्तरोन्नती कार्य पनि सन्तोषजनक पाइएको छैन ।
शनिबार सल्यानको कपुरकोट गाउँपालिकामा गठन भएको अनुगमन समिति सहित क्रियाशिल सबै राजनितिक दलका प्रतिनिधी,पत्रकार,सरोकारवाला सहितको टोलिले सडक स्तरोन्नती कार्य निकै कमजोर रहेको निष्कर्ष निकालेको हो ।
सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने चुन ढुंगा ढुवानी गर्ने ट्रिपरका कारण कपुरकोट गाउँपालिका क्षेत्रको सडकमा अत्यधिक जोखिम र समस्या निम्त्याएको भन्दै नागरिक स्तरबाट लामो समयदेखि आन्दोलन हुँदै आएको छ । त्यसैलाई आधार मान्दै कपुरकोट गाउँपालिकाले गत जेठ १८ गतेको निर्णयानुसार सडक मर्मतको प्रभावकारी काम नभएसम्म र खानी उत्खननको इजाजत पाएका उद्योगबाट चुनढुंगा निर्यातको अनुमतिको प्रमाण पेश नभएसम्मको लागि कपुरकोट निगालपानी सडक खण्डमा ट्रिपर सञ्चालन नगर्न सम्बन्धीत उद्योगलाई पत्राचार गरेको थियो ।
ट्रिपर सञ्चालन हुन नसकेपछि रोल्पा सिमेन्ट प्रालि र घोराही सिमेन्ट प्रालिले उक्त सडक खण्डमा गिट्टी राखेर रोलर प्रयोग गरी ग्राभेल गर्ने प्रतिबद्धता सहित कार्य थालनी गरेका थिए । शनिबार कपुरकोट गाउँपालिका अध्यक्ष सहित अनुगमन समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी लगायतको सरोकारवालाहरुको संयुक्त अनुगमन टोलिले सडकको अनुगमन गरेको हो । अनुगमन टोलिले सडकमा नाला नबनाएको,माटो राखेर सडकका खाल्डा मात्रै पुर्ने काम गरेको, उपयुक्त र प्रभावकारी ग्राभेल नगरेको तथा सडक स्तरोन्नतीको कार्य सन्तोषजनक नदेखिएको जनाएको हो ।
अनुगमन पश्चात कपुरकोट गाउँपालिकामा आयोजित छलफल कार्यक्रममा नेकपा एमालेका प्रतिनिधीहरु रुपक बुढा,द्रोण केसी,नेपाली कांग्रेसका प्रतिनिधीहरु यगराज वली,सन्तोष बुढाथोकी, ममाओवादी केन्द्रका प्रतिनिधीहरु पवन कार्की,मान बहादुर बुढाथोकी,एकिकृत समाजवादीका प्रतिनिधी तिलक शर्मा,राष्ट्रिय जनमोर्चाका प्रतिनिधी तुल्सीराम योगी लगाएतले बोल्दै सडक स्तरोन्नती कार्य गुणस्तरिय नभएको तथा अत्यधिक भारवाहनका ट्रिपरले दिर्घकालिन रुपमा नकारात्मक असर गर्ने भएकाले सधैका लागि यस सडक खण्डमा ट्रिपर सञ्चालनमा रोक लगाउनुपर्ने माग राखेका थिए ।
सो अवसरमा गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले उत्पन्न समस्या दिर्घकालिन रुपमा समाधानको लागि गाउँपालिका लागि परेको बताउँदै जनप्रतिनिधीहरु नागरिकहरु संगै रहने बताए । यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले ट्रिपर सञ्चालनका कारण कपुरकोट गाउँपालिकाको कृषि,शिक्षा, स्वास्थ्य लगायत विविध क्षेत्रमा नकारात्मक असर पारेको बताउँदै अत्यधिक भार बोकेका ट्रिपर सञ्चालनमा रोक लगाउने आम नागरिकको मागमा आफु प्रतिबद्ध रहेको जनाए । यस बारेमा कपुरकोट गाउँ कार्यपालिकाको बैठकले आवश्यक निर्णय गर्ने बताइएको छ । सडक अनुगमनमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली,वडा अध्यक्षहरु,निवर्तमान जनप्रतिनिधी,पत्रकार, नागरिक समाज,स्थानीय नागरिक लगाएउतको सहभागिता थियो ।
