
Rgp
Pbu
pku
Lnp
Sgr
Unsku
Ggp
Srbpu

Vor
Bbu
Ssm
Sls
Rgs
Ksm
Rgu
Rsb
Asm
Bbbpu
Rgu
Pvg
Gst
Ggd
Sbs
nsb
Wsp
Hal
Tsm

Ptm
Gsb
Rpp
Syp
Pls
Mks
Bml
दाङ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) को भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन जिल्ला कार्यसमिती दाङले महिला हकहित,अधिकार, महिला हिंसा र सुरक्षासंग सम्बन्धित विभिन्न माग राखी जिल्लान प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र बुझाएको छ ।
संगठनको ७७ वटै जिल्लामा महिलाको हकहित तथा हिंसा सम्बन्धी ज्ञापन बुझाउने कार्यक्रम अनुसार शुक्रबार जिल्ला अध्यक्ष विनीता गुरुङ थापाको नेतृत्वमा गएको टोलीले प्रमुुख जिल्ला अधिकारी हिरालाल रेग्मी समक्ष ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र मार्फत महिलाको हकहित तथा समाजमा अप्रिय घटना रोकथाम गर्नका साथै जनचेतनामूलक समाज निर्माण समाजको हितमा काम गर्न माग गरिएको छ ।
यस्तै,महिलाहरुको सामाजिक रुपमा बाँच्न पाउँने हक अधिकारलाई व्यवहारमा लागुु गर्न,श्रृखलावद्ध रुपमा भैरहेका महिला बलत्कारका घटनालाई कडाईका साथ निगरानी गर्न,महिला सुरक्षा र सचेतनाको विषयमा विशेष कार्यक्रम मार्फत जागरुक गराउँन,ई.सं १९९३ को संयुक्त राष्ट्र संघिय महासभाको प्रस्तावबाट पारित महिला हिंसा अन्त्य सम्बन्धी घोषनापत्रले गरेको व्यवस्था र परिभाषा तत्काल लागुु गर्न लगाएत ८ बुँदे माग राख्दै प्रजिअ रेग्मीलाई ज्ञापनपत्रमा बुझाएको थियो ।
संविधानमा व्यवस्था गरिएका महिलासँग सम्बन्धीत मौलिक हकहरूको कार्यान्वयन गर्न माग गर्दै प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुुझाएको अध्यक्ष थापाले बताउनुुभयो । ज्ञापनपत्र बुझ्दै प्रजिअ रेग्मीले आफुहरु संविधानमा उल्लेख भएका हक अधिकारहरु कार्यान्वयन हुनुपर्छ भन्नेमै रहेको बताउनुुभयो । सरकार महिला अधिकार कार्यान्वयनमा अझ गम्भीर र अझ सजग बन्ने उहाँको भनाई थियो ।
