
Ggp
Asb
Rgp
Sgp
Jns
Rgp
Rgp
Lnp
Dus
Dbs
Rgp
Ggp
lnp
Usb
ksb
Lks
Pbu


दाङ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुजनविक्रम शाहले आज मातहतका सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नु भएको छ ।
हालै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट भर्खरै सरुवा भएर दाङको भालुबाङ आउनु भएका शाहले मातहतका सम्पूर्ण शाखाहरूको अवलोकन गर्नु भएको हो ।
त्यस्तै उहाँले कार्यालय अन्तरगतको ब्यारेक, कार्यालय कम्पाउण्ड लगायतको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरीको काम कर्तव्य,जिम्मेवारी,अधिकार,प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता,प्रहरी काम कारवाहीमा मानव अधिकारको संरक्षण,अनुचित लाभमा शुन्य सहनसिलता,प्रहरी कर्मचारीको सेवा सुबिधा लगायत विविध बिषयमा निर्देशन समेत दिनु भएको छ ।
