
Rgp
Lks
Rgp
Ggp
ksb
lnp
Usb
Dbs
Rgp
Jns
Lnp
Ggp
Rgp
Sgp
Dus
Asb
Pbu


काठमाडौं । निर्वाचन आयोगले मंसिर १७ गतेदेखि विशेष अभियानका रुपमा मतदाता नामावली संकनल गर्ने भएको छ ।
त्यस्तै आउँदो चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्नुपर्ने अवस्थामा निर्वाचनको मिति तोकिनु अघि नै आयोगले मतदाता नामावली संकलनका लागि अभियान सञ्चालन गर्ने भएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम शर्माका अनुसार सबै स्थानीय तहको केन्द्रबाट मतादता नामावली संकलन हुने छ । आयोगले मतदाता नामावली गर्न हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म र तराई, भित्री मधेश तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन गर्ने भएको छ । आयोग हाल ७७ वटै निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन र ४० वटा इलाका प्रशासन कार्यालयमार्फत पनि मतदाता नामावली संकलन गरिरहेको छ ।
यस्तै अभियानका रुपमा थप ६३७ वटा स्थानीय तहको केन्द्रबाट पनि नाम संकलन गरिने शर्माले जानकारी दिए। मतदाता नामावली संकलन दुई चरणमा संकलन गर्ने कार्य तालिका आयोगले तयार पारेको छ । आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘सङ्कलन कार्य हरेक जिल्लामा दुई चरणमा सञ्चालन हुने भएकोले सम्बन्धित निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरी आफ्नो स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने अवधिको बारेमा जानकारी प्राप्त गर्न सकिने छ।’
त्यस्तै मतदाता ऐनअनुसार १६ वर्ष उमेर पुगेर नागरिकता लिएका व्यक्तिहरुले नाम लेखाउन सक्नेछन्। आफ्नो स्थायी बसोबास भन्दा अन्यत्र बसेका व्यक्तिहरुले समेत मतदाता नामावली नाम लेखाउन सक्नेछन्। र उनीहरुको नाम सम्बन्धित वडामै कायम रहने गरी पठाइने छ । आयोगले भनेको छ, ‘अन्य जिल्लाको निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराएका व्यक्तिको नाम निजको स्थायी ठेगाना रहेको मतदाता नामावलीमा समावेश हुने गरी सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा पठाइने छ। साथै निजको मतदाता परिचयपत्र समेत स्थायी ठेगाना भएको जिल्लाबाटै प्राप्त गर्ने व्यवस्था मिलाइने छ।’
यसैगरी मतदाता नामावली संकलन कार्यमा देशभर करिब २ हजार ३ सय कर्मचारी प्रत्यक्ष रूपमा संलग्न हुनेछन्। शर्माका अनुसार आउँदो पौष २० गते भित्र सबै स्थानीय तहमा मतदाता नामावलीको सङ्कलन भइसक्नेछ । २०७७ पौष ५ गते १८ वर्ष उमेर पूरा गरेका नागरिकहरूलाई समावेश गरी आयोगबाट २०७७ चैत्र ४ गते प्रकाशित अन्तिम मतदाता नामावली बमोजिम देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता थिए। अब अभियानबाट थप १० लाख मतदाता थपिने आयोगको अनुमान छ।
त्यस्तै आयोगले अभियान सफल बनाउन राजनीतिक दल, तीनै तहका सरकार र नागरिक समाजलाई आह्वानसमेत गरेको छ। ‘यस कार्यमा सबै राजनीतिक दल, तीनै तहका सरकारहरू, आम सञ्चार माध्यम तथा नागरिक समाज समेतले आआफ्नो स्थानबाट सहयोग गरिदिनुहुन समेत निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ, आयोगले भनेको छ। साभार देश संचारबाट
