
pku
Pbu
cjs
Rgp
Ggp
Djs
Pes
Srbpu
Sgr
Rgp1
Gfs
Lnp
sbs
Unsku

Wsp
Sbs
Rsb
Sls
Rgu
Hal
Pvg
Ggd
Rgs
Ksm
Rgu
Asm
Tsm
Bbu
Gst
Ssm
Bbbpu
nsb
Vor

Gsb
bbt
Jmb
Syp
Ptm
Abd
Rpp
Bml
Pls
Jmb
Mks
Rmb
sab
दाङ । लुम्बिनी प्रदेशको राजपुर गाउँपालिका वडा नम्बर २ मटेरिया,देउखुरी दाङमा संचालित फेमिली प्याराडाईज इ. बो. स्कुलका बालबालिकाले ५८ औं राष्ट्रिय बाल दिवस एक कार्यक्रमको आयोजना गरि फरक ढङ्गले मनाएका छन् ।
प्राय: विद्यालयमा बाल अधिकारलाई लक्षितगरि बालदिवस मनाउदै गरेको पाईएपनि यस विद्यालयका केही बालबालिकाहरु र शिक्षक स्टाफले अधिकार प्राप्तीका लागि आफुहरुले कर्तव्य पूरा गर्नुपर्ने निचोड निकाल्दै गरिव, असाहय,अशक्तलाई मानवीय सेवाको आधारमा सहयोग गर्नुपर्छ,असल संस्कारको बिकासको थालनी गर्ने पहिलो स्थान विद्यालय र विद्यालयका गुरु तथा बिध्यार्थीहरु नै हो । त्यसैले उदाहरणीय कार्य गरि हरेक तह र तप्कामा रहेका नागरिक र निकायहरुलाई सुमार्गमा डोर्याउन हाम्रो निकै नै ठूलो भुमिका हुनुपर्छ भन्ने ठहरकासाथ राजपुर- २ ,बेला निवासी मिर्गौला पिडित तुलसा सुनारलाई निजकै घरमा पुगि खाने फलफुल र नगद: रु.४,१०५/- आर्थिक सहयोग प्रदान गरि फरक तरिकाले यस बर्षको बाल दिवस मनाएका हुन् ।
विद्यालयका बिध्यार्थी प्रतिनिधि कक्षा ८ का छात्र प्रतीक श्रेष्ठको नेतृत्वमा आयोजना भएको उक्त कार्यक्रममा सहयोगी मन भएका इच्छुक २७ जना बिध्यार्थी भाईबहिनीहरु सहभागी थिए भने सहयोग गर्न इच्छुक शिक्षक स्टाफहरुको समेत उपस्थिति रहेको थियो । पिडित सुनारका सुपुत्र एन्जल सुनारले फेमिली प्याराडाईज इ.बो.स्कुल तथा यस विद्यालयका साना,साना बिध्यार्थीहरुले गरेको सहयोगप्रती धन्यवाद प्रकट गरेका थिएभने यस स्कुलका भाईबहिनीहरुले जस्तै अन्य स्कुलले पनि सहयोग गरेमा किडनी फेर्न सकिने आशा ब्यक्त गरेका थिए ।
संस्थागत विद्यालयलाई हेर्ने राज्यको नजर भिन्दै भएपनि संस्थागत विद्यालय समाजप्रती सधैं नै जिम्मेवार हुने विद्यालका प्रअ कल्पना खड्काले बताइन् ।
