
Srbpu
Unsku
Djs
sbs
pku
Ggp
cjs
Rgp1
Lnp
Rgp
Pbu
Sgr
Gfs
Pes

Rgs
Pvg
Ggd
Vor
Wsp
Tsm
Rgu
Ksm
Ssm
Asm
Gst
Sls
nsb
Sbs
Hal
Bbbpu
Rsb
Bbu
Rgu

Gsb
Bml
bbt
Abd
Rpp
Mks
Jmb
Rmb
Ptm
Jmb
sab
Pls
Syp
दाङ । बितेको तीन वर्षमा सामाजिक सञ्जालको दुरुपयोगसहित विद्युतिय कसुर तथा साईवर अपराधका ३ सय ८८ मुद्दा दर्ता भएको नेपाल प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७५÷७६ मा १ सय ६७, २०७६÷७७ मा १ सय १७ र आर्थिक वर्ष २०७७÷७८ मा १ सय ४ मुद्धा दर्ता भएको प्रहरी प्रवक्ता बसन्त कँुवरले जानकारी दिनुभयो ।
यसैबीच युवा तथा किशोरकिशोरीलाई सामाजिक सञ्जाल लतको रुपमा चलाउनबाट जोगाउन अभिभावकहरूको भूमिका महत्वपूर्ण हुने विज्ञहरूले बताएका छन् । बाल्यअवस्थाबाटै अभिभावकले मोबाइल, ल्यापटप लगायतका सामग्री बालबालिकालाई जिम्मा लगाएर भुलाउने प्रवृतिले पनि उनीहरूमा पछि लत बस्ने हुनसक्छ ।
सहित तरिकालले उपयोग गर्न जाने सामाजिक सञ्जाललाई शिक्षा, स्वास्थ्य, प्रविधिको क्षेत्रमा उपयोग पनि गर्न सकिने विज्ञहरू बताउँछन् । क्याम्पस समयमा परिसरभित्र क्याम्पस सँग असम्बन्धित व्यक्तिहरू र विद्यार्थीहरूले टिकटक बनाउने गरेपछि कैलालीको घोडाघोडी बहुमुखी क्याम्पस र कैलाली बहुमुखी क्याम्पसले टिकटक बनाउन निषेध गरेको छ ।
कैलाली बहुमुखी क्याम्पसका प्रमुख डाक्टर धर्मराज उपाध्यायले क्याम्पस समयमा टिकटक चलाएको बनाएको पार्ईए मोबाइल जफत गर्नेगरि सूचना निकालेको जानकारी दिनुभयो । पढाईलेखाईमा भन्दा बढि सामाजिक सञ्जालमा विद्यार्थीहरू व्यस्त हुन थालेपछि उनीहरूलाई रोक्न चुनौती नै भएको उहाँको भनाइ छ । सामाजिक सञ्जाल प्रयोगमा शिक्षालयहरूले रोक लगाउँदै गर्दा यो विद्यार्थीको समय बिताउने थलो मात्रै हो भन्ने गलत बुझाइ अभिभावकमा पनि पर्ने जानकारहरू बताउँछन् ।
एक जना बालअधिकारकर्मी अनिल रघुवंशीले बालबालिकालाई मोबाइल, ल्यापटप र सामाजिक सञ्जालमा भन्दा पनि बाह्य क्रियाकलापमा सहभागी गराउनुपर्ने बताउनुभयो । नेपाल प्रहरी साइबर ब्युरोका प्रहरी नायव उपरिक्षक दिपेश जोशीले आफ्ना छोराछोरीले सामाजिक सञ्जालको उपयोग कसरी गरिरहेका छन् भन्ने विषयमा जानकारी राख्नुपर्ने बताउनुहुन्छ । सामाजिक सञ्जालको दुरुपयोग हुने क्रम बढिरहेको भन्दै सबै सचेत हुनुपर्ने उहाँको भनाई छ ।
