Sidha Patra बुधबार, मंसिर २९, २०७८

दाङ । बितेको तीन वर्षमा सामाजिक सञ्जालको दुरुपयोगसहित विद्युतिय कसुर तथा साईवर अपराधका ३ सय ८८ मुद्दा दर्ता भएको नेपाल प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७५÷७६ मा १ सय ६७, २०७६÷७७ मा १ सय १७ र आर्थिक वर्ष २०७७÷७८ मा १ सय ४ मुद्धा दर्ता भएको प्रहरी प्रवक्ता बसन्त कँुवरले जानकारी दिनुभयो ।

यसैबीच युवा तथा किशोरकिशोरीलाई सामाजिक सञ्जाल लतको रुपमा चलाउनबाट जोगाउन अभिभावकहरूको भूमिका महत्वपूर्ण हुने विज्ञहरूले बताएका छन् । बाल्यअवस्थाबाटै अभिभावकले मोबाइल, ल्यापटप लगायतका सामग्री बालबालिकालाई जिम्मा लगाएर भुलाउने प्रवृतिले पनि उनीहरूमा पछि लत बस्ने हुनसक्छ ।

सहित तरिकालले उपयोग गर्न जाने सामाजिक सञ्जाललाई शिक्षा, स्वास्थ्य, प्रविधिको क्षेत्रमा उपयोग पनि गर्न सकिने विज्ञहरू बताउँछन् । क्याम्पस समयमा परिसरभित्र क्याम्पस सँग असम्बन्धित व्यक्तिहरू र विद्यार्थीहरूले टिकटक बनाउने गरेपछि कैलालीको घोडाघोडी बहुमुखी क्याम्पस र कैलाली बहुमुखी क्याम्पसले टिकटक बनाउन निषेध गरेको छ ।

कैलाली बहुमुखी क्याम्पसका प्रमुख डाक्टर धर्मराज उपाध्यायले क्याम्पस समयमा टिकटक चलाएको बनाएको पार्ईए मोबाइल जफत गर्नेगरि सूचना निकालेको जानकारी दिनुभयो । पढाईलेखाईमा भन्दा बढि सामाजिक सञ्जालमा विद्यार्थीहरू व्यस्त हुन थालेपछि उनीहरूलाई रोक्न चुनौती नै भएको उहाँको भनाइ छ । सामाजिक सञ्जाल प्रयोगमा शिक्षालयहरूले रोक लगाउँदै गर्दा यो विद्यार्थीको समय बिताउने थलो मात्रै हो भन्ने गलत बुझाइ अभिभावकमा पनि पर्ने जानकारहरू बताउँछन् ।

एक जना बालअधिकारकर्मी अनिल रघुवंशीले बालबालिकालाई मोबाइल, ल्यापटप र सामाजिक सञ्जालमा भन्दा पनि बाह्य क्रियाकलापमा सहभागी गराउनुपर्ने बताउनुभयो । नेपाल प्रहरी साइबर ब्युरोका प्रहरी नायव उपरिक्षक दिपेश जोशीले आफ्ना छोराछोरीले सामाजिक सञ्जालको उपयोग कसरी गरिरहेका छन् भन्ने विषयमा जानकारी राख्नुपर्ने बताउनुहुन्छ । सामाजिक सञ्जालको दुरुपयोग हुने क्रम बढिरहेको भन्दै सबै सचेत हुनुपर्ने उहाँको भनाई छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]