दाङ-लमहीका २४ जना सहित जिल्लाभर एकै दिन ६१ जनामा कोरोना संक्रमण पुष्टि

दाङ । दाङको लमहीमा २४ जना सहित एकै दिन दाङमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञानको फिबर क्लिनिकमा संकलन गरिएको स्वाब परिक्षणमा थप ६१ जनामा संक्रमण देखिएको हो । शुक्रबार सबैभन्दा धेरै लमहीमा नयाँ संक्रमित थपिएका हुन् । लमहीमा २४ जना संक्रमण देखिएको हो । त्यसैगरी घोराहीका १७ जना , […]

बुटवल-प्रहरी हवल्दार नगद घुस सहित पक्राउ

बुटवल । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहानी चार लाख घुस सहित पक्राउ परेका छन् । धरौटीमा छुटाईदिन सहयोग गरे वापत सेवाग्राहीसँग लिएको चार लाख घूससहित हवल्दार र उनकी श्रीमती निर्मला केवटलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलको टोलीले रुपन्देहीको सियारी गाउँपालिका वडा नं ७ स्थित खनाल मिठाई पसल छेउबाट रंगेहात नियन्त्रणमा लिएको […]

अर्घाखाँची-शितगंगा न.पामा उत्पादनका आधारमा अनुदान वितरण

अर्घाखाँची । जिल्ला अर्घाखाँची शितगंगा नगरपालीकाले उत्पादनका आधारमा अनुदान वितरण गर्न थालेको छ । गत आर्थिक बर्ष ०७६÷७७ मा नगरपालीका भित्र उत्पादन गरी सहकारी मार्फत बजारीकरण गरेका खसि बोका,लोकल कुखुरा तथा तरकारीको कृषकहरुलाई अनुदान वितरण गरीएको हो । नगरपालीकामा रहेका नौ वटा कृषि सहकारी मार्फत बजारीकण गरेका किसानलाइ खसिबोका तथा लोकल कुखुरामा प्रति केजी रु […]

काठमाडौं-कोरोनाबाट देशभर पछिल्लो २४ घन्टामा २१ जनाको मृत्यु,मृतकको संख्या ७ सय नाघ्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २१ जनाको मृत्यु भएको हो । कोरोना संक्रमणबाट बिहीबार १९ जनाको मृत्यु भएको थियो भने बुधबार १२ जनाको मृत्यु भएको थियो । मंगलबार देशभर १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको थियो । […]

सल्यानमा दाउरा प्रहार गरी भाइले गरे दाईको हत्या

दाङ । सल्यानमा दाउरा प्रहार गरी एक जनाको हत्या भएको छ । बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १० थापाचौरमा २० बर्षिय देवीलाल पुनले २४ बर्षिया अमर पुनको हत्या गरेका हुन् । उनिहरु दुईबिचको नाता दाईभाईको हो । भाइले दाईको हत्या गरेको वडाअध्यक्ष मानसिंह पुरीले जानकारी दिनुभयो । मदिरा सेवन गरेर झगडा हुदाँ दाउराले हिर्काएर भाइले […]

दाङ-विभेद हटाउन जनता आवास मार्फत पक्कि घर हस्तान्तरण

दाङ । देउखुरीको लमही नगरपालिका वडा नं.९ रिहारमा जनता आवास मार्फत निर्माण भएको पक्कि घर शसिला विश्वकर्मालाई हस्तान्तरण गरिएको छ । प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्माले घरको साँचो विश्वकर्मालाई हस्तान्तरण गर्दै घर धनी र परिवारका सदस्यलाई सम्मान गर्नु भयो । सधैं कार्यक्रममा प्रमुख अतिथि र अतिथिलाई फूलमालाले स्वागत गर्ने कार्यक्रम राखिन्छ । तर,जनता […]

दाङ लमहीका दुई महिलालाई चिठ्ठा पर्याे भनी इमो मार्फत ठगि गर्ने तीन जना पक्राउ

दाङ । दाङको लमही नगरपालिका वडा नम्बर ५ निवासी दुई जना महिलालाई इमो मार्फत चिठ्ठा पर्याे भनेर ठगि गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल इमो मार्फत लट्रि प¥यो भनेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट जिल्ला दुर्गा भगवती गाउँपालिका वडा नम्बर ६ निवासी १८ बर्षीय […]

सल्यान-ग्रामीण सहकारीकाे २६ औं सभा सम्पन्न,कुल सम्पत्ति १९ करोड बढी

दाङ । सल्यान खलंगामा रहेकाे ग्रामीण सहकारी बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा ५० लाख भन्दा बढि आम्दानी गरेको छ । सदरमुकाममा रहेको सहकारीले गत आर्थिक बर्षमा ५० लाख ७७ हजार ४ सय ३३ रूपैयाँ खुद बचत गरेको हो । सहकारी संस्थाले २६ औं साधारण सभा सम्पन्न गरे पछि बुधबार भएको पत्रकार सम्मेलनमा आफ्नाे […]

झापा-गाँजा खाने विषयमा झगडा हुँदा एक साथीको हत्या

दाङ । जिल्ला प्रहरी कार्यालय झापाले हत्याको अभियोगमा एक जनालाई नियन्त्रणमा लिएको छ । कनकाई नगरपालिका वडा नम्बर ७ काब्रोटे टोलमा बस्ने २२ वर्षीय टल्के भन्ने रविन राजवंशीलाई बुधवार नियन्त्रणमा लिएको हो । युवकले मंगलवार राति साढे ९ बजेको समयमा कनकाई नगरपालिका वडा नम्बर ३ एकान्त टोलमा रहेको सुरुङ्गा खोलाको बाँध र बासघारी झ्याङ बीचमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]