पाल्पा। गोरखाली फौजले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा शनिबार पाल्पाको तानसेनमा रणउजिरेश्वरी भगवती जात्रा धुमधामका साथ मनाइएको छ । जिल्लामा मनाइने जात्रा एवं उत्सव मध्येको सबैभन्दा ठूलो जात्राको रुपमा यस्लाई लिने गरिन्छ।वीरताको प्रतिकको रुपमा रहेको रणउजीरेश्वरी भगवतीको रथयात्रालाई बिजय उत्सब र अबिर जात्राको रुपमा मनाउने गरिन्छ। त्यस्तै उजीर सिंहले वि.सं. १८७२ सालमा भगवतीलाई भाकल गरेर युद्ध […]
दाङ । वरिष्ठ संगीतकार तथा गायककार यादवनाथ योगीले ‘आँखै लाउने गाजलु’ बोलको गीत सार्वजनिक गर्नु भएको छ । यादवनाथ योगी अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको गीतमा यादवनाथ योगी र प्राची बिडारीको कर्णप्रिय आवाज रहेको छ । गीतमा एक प्रेम जोडीलाई जातीयताकै आधारमा अलग बनाउन लागिएको भाव समेटिएको छ । २१ औं शताब्दीमा पनि समाजले […]
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखा माहिला बिभागको आयोजनामा पत्रकार महिलाका सवाल विषयक अन्तरक्रिया तथा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला शाखाउपाध्यक्ष तथा महिला विभाग प्रमुख बसुन्धरा गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रियामाबोल्ने बक्ताहरुले सामाजिक संरचनाकै कारण महिला पत्रकारहरुलाई समस्या भएको भन्दै यसलाई परिवर्तन गर्न आबस्यक रहेको बताएका थिए । […]
सुनसरी । फेसबुक अकाउन्ट ह्याक गरेर ठगी गरेको आरोपमा सुनसरी प्रहरीले झापाको भद्रपुरबाट ३ जनालाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका वडा नम्बर ६ घर भएका १९ वर्षका आशिष विष्ट, १९ वर्षीय प्रवीण राजवंशी र १८ वर्षका भावेश राजवंशी छन् । सुनसरीको इटहरी उप-महानगरपालिका वडा नम्बर–२ बस्ने डिल्लीबहादुर राउतको अकाउन्ट ह्याक […]
दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर २ बस्ने आस बहादुर घर्ती तथा आरती घर्ती मगरको अन्दाजी १७ वर्षिय छोरा खेमराज घर्ती मगर आफू सुत्ने कोठामा झुन्डिएर मृत्यु अवस्थामा रहेको पाईएको छ । घर्ती आफू सुत्ने कोठाको ढोकामा भित्रि तर्फको चुक्कुल लगाएको अवस्थामा कोठाको पंखामा डोरिले झुन्डिएको र बिहान अबेरसम्म नउठदा घर परिवारले ढोका खोल्न […]
बुटवल । बुटवलको जितगढीमा भएको युद्धमा अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको खुशियालीमा २०४औं ऐतिहासिक भगवती जात्रा आज शनिबार पाल्पाको तानसेनमा मनाइँदैछ । कोरोना महामारीका कारण दुई वर्षदेखि जात्रा रोकिएको थियो । हरेक वर्ष बन्धन पूजा (कारण पूजा) गरी विसं १८७७ सालदेखि निरन्तर कृष्ण जन्माष्ठमीको भोलिपल्ट भगवतीको जात्रा हुँदै आएको छ । विसं १८७७ देखि […]
दाङ । नेपाल भारत सीमाक्षेत्र राजपुर गाउँपालिकामा झाडापखालाबाट एकजनाको मृत्युु भएको छ भने अन्य १७ जना बिरामी भएका छन् । उनीहरूमध्ये तीन जनाको अवस्था भने गम्भीर रहेको छ । झाडापखाला फैलिएको खबरपछि गाउँपालिकाले शुक्रबार पालिकाका स्वास्थ्य टोली खटाइसकेको र आफू पनि प्रकोपस्थलमै रहेको गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले जानकारी दिएका छन् । झाडापखालाबाट राजपुर गाउँपालिका वडा […]
धनगढी । राशन घोटालामा मुछिएपछि दार्चुलामा कार्यरत सशस्त्र प्रहरीका एसपी त्रिभुवन विष्ट हेडक्वाटर तानिएका छन् । सशस्त्र प्रहरीको ४४ नम्बर गणमा प्रमुखका रुपमा कार्यरत विष्टले सुरक्षाकर्मीलाई बिदामा छाडेर राशनमा घोटाला गरेको आरोप लागेपछि उनीमाथि छानबिन थालिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा भट्टराईले एसपी […]
पर्सा । बिरगंजको मुख्य भन्सार नाकाबाटै तस्कर समूहले निर्वाध रुपमा करोडौँ मूल्यका सामान भित्र्याइरहेका छन् । प्रहरीसँगको मिलेमतोमा तस्करसमूहले तस्करीका सामान भित्र्याउन मुख्य नाकालाई नै प्रयोग गरिरहेको भेटिएको हो । त्यस्तै अहिले दैनिक रुपमा रिक्सा, अटो, टेम्पु, मोटरसाइकल तथा साइकलबाट मुख्य नाका हुँदै तस्करीका सामान निर्वाध वीरगञ्ज भित्रिरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीकै […]