
Srbpu
Lnp
Unsku
Pbu
Rgp1
pku
Rgp
Sgr
Ggp

nsb
Rgu
Ggd
Sbs
Rgu
Bbbpu
Bbu
Ksm
Tsm
Asm
Rgs
Ssm
Rsb
Gst
Hal
Wsp
Pvg
Sls
Vor

Rmb
sab
Abd
Ptm
bbt
Jmb
Mks
Rpp
Gsb
Jmb
Bml
Pls
Syp
दाङ । नेपाल मानब धर्म सेवा समिति आश्रमको भवन निर्माणका लागि तुलसीपुरमा महायज्ञ सञ्चालन हुने भएको छ । नेपाल मानब धर्म सेवा समिति दाङको आयोजनामा फागुन २४ गतेदेखि ३० गतेसम्म ‘श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ’ सञ्चालन हुने भएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरामा सञ्चालनमा रहेको नेपाल मानब धर्म सेवा समिति आश्रमको ब्यबस्थित भवन निर्माणका लागि महायज्ञ सञ्चालन गर्न लागिएको नेपाल मानब धर्म सेवा समिति दाङ शाखा सचिब चन्द्रबहादुर वलीले जानकारी दिनु भयो । महायज्ञ सञ्चालन गर्नका लागि तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोपबहादुर घर्ती मगरको संयोजकत्व र तुलसीपुर ६ की वडा सदस्य यमुना परियार सह–संयोजक रहेको महायज्ञ मुल आयोजक समिति गठन गरिएको छ ।
नेपाल मानब धर्म सेवा समितिले सञ्चालन गरेको आश्रम ब्यबस्थित हुन नसकेको भन्दै समितिले महायज्ञ सञ्चालन गरेर भवन निर्माणको लक्ष्य राखेको छ । महायज्ञमा पण्डित त्रैलोक्य शरण वस्तीले कथा बाचन गर्ने कार्यक्रम तय गरिएको सचिब वलीले जानकारी दिनु भयो ।
त्यस्तै हिन्दु धर्म संरक्षण र प्रबद्र्धनमा क्रियासिल रहेको नेपाल मानब धर्म सेवा समितिले महायज्ञ मार्फत् लक्ष्य पूरा गर्ने मुल आयोजक समितिका संयोजक टोपबहादुर घर्ती मगरले जानकारी दिनु भयो । महायज्ञ मार्फत् तुलसीपुरको चिनारी तथा एउटा ब्यबस्थित आश्रम सञ्चालन गर्नलाई सबैले सहयोग समेत गर्ने संयोजक घर्ती मगरले अपेक्षा गर्नु भएको छ ।
महायज्ञ सञ्चालनका लागि मुल आयोजक समितिले बुधबार तुलसीपुुरमा पत्रकार सम्मेलन गरेको छ । ब्यबस्थित आश्रम नहुँदा दैनिक रुपमा गरिने क्रियाकलापलाई समेत समस्या भएको भन्दै समितिले पत्रकार सम्मेलन गरेर महायज्ञ मार्फत् भवन निर्माणको तयारी थालेको हो ।
पत्रकार सम्मेलनमा मुल आयोजक समितिकी सह–संयोजक यमुना परियारले महायज्ञ मार्फत् आश्रमका लागि भवन निर्माण गर्नलाई तुलसीपुर क्षेत्रका ब्यबसायी, उद्योगी तथा समाजसेबीलाई आग्रह समेत गर्नुभयो । पत्रकार सम्मेलनको सहजीकरण समितिका सचिब चन्द्रबहादुर वलीले गर्नुभएको थियो ।
महायज्ञमा एक रुपैयादेखि पाँच सय रुपैया सहयोग गर्ने दाताले दान पेटिका मार्फत् रकम उपलब्ध गराउने ब्यबस्था गरिएको छ । यस्तै पाँच सय एक रुपैयादेखि एक हजारसम्म सहयोग उपलब्ध गराउने दातालाई नगदि रसिद,एक हजारदेखि पाँच हजारसम्म सहयोग उपलब्ध गराउने दातालाई नगदि रसिद तथा रुद्राक्षको मालासहित अबिर लगाएर सम्मान गर्ने मुल आयोजक समितिले निर्णय गरेको छ ।
यस्तै पाँच हजार एक रुपैयादेखि दश हजारसम्मलाई नगदि रसिद, रुद्राक्षको माला र प्रमाण पत्रले सम्मान गर्ने, एघार हजारदेखि २० हजारसम्मलाई प्रमाण पत्र, शिलालेखमा नाम लेखाउने, नगदि रसिद उपलब्ध गराउने, २० हजार एक रुपैयादेखि ३० हजारसम्मको सहयोग उपलब्ध गराउने दातालाई शिलालेखमा नाम, प्रमाण पत्र, नगदि रसिद दिएर सम्मान गर्ने, ३० हजार एक रुपैयादेखि ५० हजार सहयोग उपलब्ध गराउने दातालाई चादीको फ्रेम, शिलालेखमा नाम लेखाउने र नगदि रसिद र ५० हजार एक रुपैयादेखि एक लाखसम्म सहयोग उपलब्ध गराउने दातालाई शिलालेखमा नाम, स्वर्ण फ्रेमको प्रमाण पत्र र अबिरमालासहित बजार परिक्रमा गराउने निर्णय भएको महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।
