तेजप्रसाद खनाल/लमही दाङ बुधबार, मंसिर १४, २०७९

भेदभाव गरेर सन्ततिलाई काखा र पाखा गर्ने मेरो मनसाय होइन किनकि म वीरको रगतबाट सन्ततिको काख बनी सिर्जना भएकी हुँ।

अहिले मलाई भ्रष्टाचारी देशको रुपमा चिनाउनेहरु
एक पटक विचार गर किन यस्तो दुस्साहस गर्‍यौ ?
म केवल वीर गोर्खालीको राज्य भई उदाएकी हुँ
कैयौं प्रहारहरु आउँदा म तिमीलाई मेरो काख दिएकी हुँ।

प्यारा सन्तानहरु मलाई सराप्दै गाली नगर म आफैँ कमजोर भएको होइन कमजोर बनाइएको हो म त सधैँ सुन्दर शान्त र विशाल नै रहन चाहन्छु तर केही कपूतहरुले डगमगाउने दुस्साहस गरेकै हुन।

मलाई खनजोत अनि मलजल गर बिउ रोप
हो , साँच्चिकै म तिमीलाई उपहार दिनेछु
मेरो न्यानो काखमा बसेर ठगी धन्दा गर्नेहरु
अब विचार गर तिमी वीरका सन्तान हौ।

अब मेरो विग्रीएको रुप सपार्ने सन्तान चाहिएको छ
म विभेद बिना जल जङ्गल जमिन जडिबुटी दिन्छु
विविध भाषा सभ्यता संस्कृति अनि पहिचान दिन्छु
तिमी भविष्यमा आउने मेरा सन्ततिको हेक्का राख

प्रीय सन्तान मैले भनेको यत्ति मान्यौ भने तिमी संसारकै धनी सन्तान बन्नेछौ भ्रष्टहरुलाई अघि नसार बरु खबरदारी गर साँच्चिकै म तिमीलाई हिरा दिनेछु ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]