तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका बुधबार, मंसिर १४, २०७९

दाङ । “सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान ”भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत राप्ती गाउँपालिकाले बिभिन्न कार्यक्रमहरुकाे आयोजना गरि मनाएको छ ।

राप्ती गाउँपालिकाको आयोजना ,भृकुटी महिला बिकास सहकारी संस्था मसुरिया, लक्ष्मी महिला बिकास सहकारी संस्था लिमिटेड पिपरिको सहकार्य तथा ईलाका प्रहरी कार्यालय भालुवाङको समन्वयमा राप्ती गाउँपालिकाको सभाहल मसुरिया र वड नं. ८ पिपरी गरि मंगलबार छुट्टाछुट्टै दुई ठाउँमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।राप्ती गाउँपालिकाको सभाहल मसुरियामा सम्पन्न कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यता रहेको थियाे। साे कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले लैङ्गिक हिंसा अन्त्यका लागि घरपरिवार तथा समाजमा सचेतना फैलाउन जरुरी रहेको बिचार ब्यक्त गर्दै त्यसका लागि महिला संघ संस्थाको अहम भुमिका रहनु पर्ने बताउनु भएको थियाे।त्यस्तै कार्यक्रमकाे प्रमुख अथिति समेत रहनु भएका अध्यक्ष विष्टले पारिवारिक कलह एवं घरेलु हिंसाको मुख्य कारक तत्व मदिरा सेवन पनि रहेकोले यसको नियन्त्रणका लागि स्वयं महिलाहरु एकजुट र सचेत रहनु पर्ने कुरामा समेत जाेड दिनु भयो ।

त्यस्तै कार्यक्रममा उपाध्यक्ष कमलापती चौधरीले समाजमा सचेतना फैलाउनु पर्ने कुरा औल्याउदै शिक्षाको माध्यम र सचेतना बाट मात्रै यसलाई नियन्त्रण गर्न सकिने कुरा बताउनु थियो। साे कार्यक्रममा शिक्षा शाखा प्रमुख बिश्वास बि. क , मोटिभेसनल स्पिकर राजन अधिकारी,भृकुटी महिला बिकास सहकारी संस्थाका अध्यक्ष हिमाली न्यौपाने पत्रकार महेश रिजाल लगायतले आ–आफ्नो बिचार ब्यक्त गर्नु भएको थियो ।

साे अवसरमा गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले लैङ्गिक हिंसा बिरुद्वमा सचेतना जगाउने कार्य लाई अझ शसक्त र प्रभावकारी बनाउन आफुले पाउने मंसिर महिनाको सेवा सुबिधाबाट प्रति सहकारी पन्ध्रहजारका दरले दुई महिला सहकारी संस्थालाई तिस हजार रुपैयाँको चेक समेत प्रदान गर्नु भएकाे थियो । अभियान नाेभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]