तिर्थराज ज्ञवाली मंगलबार, मंसिर १३, २०७९

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नं १ बडहरा स्थित आदर्श प्राथमिक विद्यालयमा विद्यालय तथा विद्यार्थीको शैशिक सुधारमा सहयोग पुराउने उदेश्यका साथ अक्षयकोष स्थापना गरिएको छ ।

राप्ती गाउँपालिका वडा नं ३ मसुरीया निवासि टोपाराम शर्मा, गढवा गाउँपालिका वडा नं १ बडहरा निवासी शसिधर शर्मा तथा नवराज शर्माको परिवारले स्वर्गिय सावित्रा उपाध्याय अधिकारीको सम्झनामा तिथि श्राद्धको दिन पारेर विद्यालयमा अक्षयकोषको स्थापना गर्नुभएको हो ।

नाताले देवरको छोरा भतिजो पर्ने नवराज शर्माको घरमा रहेर जिवनका अन्तिम क्षणहरु ब्यतित गर्नुभएकी स्वर्गिय सावित्रा उपाध्याय अधिकारी शिक्षा प्रेमि रहेकोले यस क्षेत्रका जेहेन्दार विद्यार्थिलाई बार्षिक रुपमा पुरस्कार दिने गरि ५१ हजार १ सय ११ रुपैयाको सावित्रा उपाध्याय अधिकारी स्मृति अक्षयकोषको स्थापना गरिएको संरक्षक नवराज शमाले जानकारी दिनुभएको छ ।

विद्यालय ब्यवस्थापन समिति अध्यक्ष चुरामणी गिरीको अध्यक्षतामा भएको अक्षयकोष वापतको रकम हस्तान्तर कार्यक्रममा प्रधानाध्यापक ओम बहादुर मगर, भरत अधिकारी, विष्णु विष्णु बहादुर कुवर, सुर्य बहादुर नेपाली, लक्ष्मी शर्मा, शिवा शर्मा, पवित्रा शर्मा, शरद शर्मा, केशव पौडेल लगायतको उपस्थीति रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]