Sidha Patra सोमबार, मंसिर १२, २०७९

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीका स्थानीयहरुले घरेलुहतियार सहित प्रदर्शन गरेका छन् । जसका कारण अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ ।

यस्तै सुकुम्बासी बस्ती हटाउन महानगरको टोली थापाथली पुगेपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । हंसिया, लाठी, घुइँत्रो लगायतका घरेलु हतियार बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् । आफूहरु बस्दै आएको ठाउँ नछाड्ने भन्दै उनीहरुले गृहमन्त्री तथा काठमाडौंका मेयर बालेन साह (बालेन्द्र) विरुद्ध चर्को नारावाजी गरिरहेका छन् । उनीहरुले बागमती किनारको बस्ती छिर्ने सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

त्यस्तै एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिर (चुनावकै दिन)सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो । समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन ४ मंसिरसम्मको समयसीमा दिएको थियो । तर निर्देशन अटेर गरेपछि महानगरको टोली डोजर लिएर सुकुम्बासी बस्ती पुगेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]