आलोक भावुक/गढवा आइतबार, मंसिर ११, २०७९

दाङ । राष्ट्रिय भूमि आयोगको कार्य विधि बारे आइतबार गढवामा छलफल गरिएको छ। स्वान नेपालकी उपाध्यक्ष सिता कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा एवम् राष्ट्रिय भूमि आयोग दाङ जिल्ला सदस्य गोबिन्द रेग्मीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।

स्वान नेपालले आयोजना गरेको छलफल कार्यक्रम राष्ट्रिय भूमि आयोग जिल्ला समितिको सहकार्य र आई एम स्विडीस डेभलपमेन्ट पार्टनरको आर्थिक सहयोगमा भएको हो। छलफल कार्यक्रममा भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा बाँड्न भूमिसम्बन्धी समस्या समाधान र अहिले सम्म भएको कामको बारेमा छलफल गरिएको छ। गढवा गाउँपालिकामा भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा बाँड्न भूमिसम्बन्धी अहिले सम्म भएको कामको बारेमा गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले जानकारी गराउनु भएको थियो। भूमिहीन दलित र सुकुम्बासीहरुको ७ हजार ३ सय लगत संकलन भएको र जसमध्ये छ हजार फारम सेतो र १ हजार ३ सय फारम रातो रहेको जानकारी बताउदै प्रशासन प्रमुख शर्माले भूमी आयोगको काम तिब्र गतिमा भैरहेको बताउनु भयो।

त्यसैगरी छलफल कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाको बिषयमा पालिका एकदमै सम्बेदनशिल भएर लागेको जानकारी दिनु भयो । भूमिहीन दलित र सुकुम्बासीको समस्या समाधान गर्नका आफु निरन्तर भूमि आयोग शाखामा कामको अनुगमन गरिरहेको र लगत संकलनको काम अन्तिम चरणमा भएको बताउनुभयो । गढवा गाउँपालिकाका हरेक भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण र ब्यवस्थापन गर्ने प्रक्रियामा निरन्तर लागिरहेको अध्यक्ष शर्माले बताउनु भयो।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको आधार र मापदण्ड, लगत संकलनको लागि आवश्यक कार्यविधि र ढाँचाको तयारी स्वीकृत गर्ने, तिनको पहिचान, लगत संकलन र प्रमाणीकरणको काम स्थानीयतमार्फत् गर्ने भएकोले त्यस सम्बन्धी पालिका निरन्तर लागिरहेको जानकारी दिनु भयो।

युएनडिपीको एक सर्वेक्षणअनुसार नेपालका ५८ लाख ११ हजार परिवारमध्ये साढे २४ प्रतिशत भूमिहीन छन् । कुल भूमिहीनमध्ये ४४ प्रतिशत मधेसी दलित र १५ प्रतिशत पहाडी दलित छन् । राष्ट्रिय जनगणना ०६८ अनुसार नेपालमा कुल जनसंख्याको करिब १३ प्रतिशत दलित छन् । मुलुकभर दुई रोपनीभन्दा कम मात्रै जमिन भएका कृषि भूमिहीन दलितको संख्या ७७ प्रतिशत छ । मुलुकभर कुल खेतीयोग्य जमिनमध्ये २५ प्रतिशत जमिनको सरकारी स्रेस्ता छैन ।

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले देशभर करिब १५ लाख परिवार भूमिहीन भएको अनुमान गर्छ । दलित भूमिअधिकारकर्मी विके त्यसमध्ये १० लाखभन्दा धेरै दलित समुदायका रहेको दाबी गर्छन् । छलफल कार्यक्रममा राष्ट्रिय भूमि आयोग दाङ जिल्ला सदस्य गोबिन्द रेग्मीले छलफल कार्यक्रममा उठेका सवालहरुको जावफ दिनु भएको थियो । छलफल कार्यक्रममा गढवा गाउँपालिकाका भूमि आयोग शाखा संयोजक संजित पौडेल, स्वान नेपालका कार्यक्रम संयोजक रेमन्त चौधरी, निर्मला चौधरी,ममता चौधरी,हरिना चौधरी,गंगा चौधरी लगाए बिभिन्न भूमी आयोग समितीका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो। कार्यक्रममाको सञ्चालन स्वान नेपालकी सामाजिक परिचालक सोनी कुमालले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]