Sidha Patra आइतबार, मंसिर ११, २०७९

दाङ । विद्यार्थी र शिक्षकको शिक्षामा चेतना वृद्धि गर्नका लागि भावातित ध्यान आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । नेपाल महर्षी वैदिक फाउन्डेसनको आयोजनामा आइतवार घोराहीमा भएको चेतनामा आधारित शिक्षाको प्रवद्र्धनका लागि विशिष्ठ कक्षा कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

त्यस्तै विद्यालयमा विद्यार्थीहरुलाई कितावीसँगै सवै प्रकारको शिक्षा सिकाउनका लागि चेतनामा आधारित शिक्षाको प्रबर्द्धन गर्न आवश्यक रहेको बताएका थिए । शिक्षा लिएरपनि कतिपय मानिसहरु आफ्नो सस्कार,सस्कृति,धर्म लगायतका कुराहरु भुल्ने गरेको भन्दै उनीहरुले असल शिक्षासँगै सस्कारका लागि भावातित ध्यान सवैका लागि आवश्यक रहेको बताएका हुन् ।हिन्दु विद्यापीठका प्राचार्य डा.भोलानाथ योगीको अध्यक्षतामा भएको कार्यक्रममा महर्षी वैदिक फाउन्डेसनका अमेरिकाका डा एस्ले डिन्सले विद्यार्थीसँगै शिक्षकहरुकालागि चेतनामा आधारित शिक्षा आवश्यक रहेको बताएका थिए । कार्यक्रममा महर्षी वैदिक फाउन्डेसन नेपालका निर्देशक प्रशिक्षक मिनराज अधिकारीलगायतले बोलेका थिए ।

कार्यक्रममा हिन्दु विद्यापीठ, जनज्योति विद्यामन्दिर र शान्ति निकेतन बोर्डिङ स्कुलका विद्यार्थी सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक पिताम्बर रिजालले गरेका थिए । कार्यक्रममा गोरखनाथ बैद्धिक गुरुकुलका विद्यार्थीहरुले स्वथी बाचन गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]