श्रवण कुमार यादव/राजपुर आइतबार, मंसिर ११, २०७९

दाङ । राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा अवस्थित जनज्योती माध्यमिक विद्यालयको ६० औं वार्षिक उत्सव समारोह विभिन्न कार्यक्रम संचालन गरि शनिबार भव्य रूपमा मनाएइको छ।विद्यालयको प्राङगणमा आयोजित वार्षिक उत्सब कार्यक्रममा अक्षयकोष छात्रबृत्ति बितरण, कक्षा गत उत्कृष्ठ बिद्यार्थी, उत्कृष्ट शिक्षक पुरस्कार बितरण गर्नुका साथै बिभिन्न सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो। बार्षिक उत्सव समारोह कार्यक्रमका सभापति, प्रमुख अतिथिहरुले पानसमा बत्ति बालेर कार्यक्रम उद्घाटन गरेका थिए। ज्ञात अज्ञात सहिदहरुको सम्झनामा एक मिनट मौन धारण गरिएको थियो भने कर्यक्रम उद्घाटन सत्रमा राष्ट्रीय गान सहित माया विक, अस्मिता विक र लक्ष्मी चौधरीद्वारा स्वागत गित समेत गाइएको थियाे।राजपुर गाउँपालिका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक शरद कुमार बुढाथोकीको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा कक्षा एकदेखि बाह्र सम्मका प्रथम,दितिए र तृतीय भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो। त्यसैगरी विभिन्न खेलकुद प्रतियोगीतामा प्रथम, दितिय आउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो। जसमा भलिबल खेल (छात्र) तर्फ प्रथम आउने गंगालाल सदनका शितल बुढा, सुरज विक, खुम बहादुर विक, अनिल बुढा, गंगा बहादुर कवर, सुमन रोका, सुशील सुनार गौतम सुनार र द्वितीय तर्फ शुक्रराज सदनका विशाल घर्ति मगर, विक्रम सुनार, सन्तोष कुँवर, सन्दिप परियार, झकमान घर्तीमगर, भिम बहादुर सुनार, इन्द्र सुनार र पवन बस्नेत रहेका थिए।त्यसैगरि भलिबल खेल (छात्रा) तर्फ प्रथम विजेता शुक्रराज सदनका रोशनी सुनार, दिल कुमारी कवर, दर्शना चौधरी, मेनुका अधिकारी, सरस्वती चौधरी, गगनसरी विक, सुनिता चौधरी र सपना चौधरी रहेका थिए।त्यस्तै नृत्य प्रतियोगीता तर्फ प्रथम सुस्मिता चौधरी (एकल नृत्य) द्वितीय ममता चौधरी, स्यानु चौधरी, पुजा चौधरी, सलिना चौधरी, सुष्मा चौधरी, भावना राना, शिशिर चौधरी, पुरन चौधरी र तृतिय माया चौधरी, सुनिता चौधरी, सपना चौधरी, शर्मिला चौधरी, अस्मिता चौधरी रहेका थिए। हाजिरी जवाफ प्रतियोगिता तर्फ प्रथम हासिल गर्न सफल दशरथ सदनका प्रियेकी चौधरी, कञ्चन चौधरी, प्रतिभा चौधरी, आकाश घर्ति र द्वितीय तर्फ गंगालाल सदनका आयुष चौधरी, सत्य स्वरुप, भाजे वली, आकाश घर्ति रहेका थिए।यसैगरि कुर्सी दौड प्रतियगिता तर्फ प्रथम आकाश घर्ति, द्वितीय प्रियेका चौधरी, तृतिय प्रमिला यादव रहेका थिए। २०० मिटर मावि दौड (छात्र)तर्फ प्रथम पवन बस्नेत, द्वितीय आयुफ अहमद र तृतिय गंगा बहादुर कवर र मावि(छात्रा) तर्फ प्रथम साकिन खातुन, द्वितीय युमा डाँगी र तृतिय निरु शाह रहेका थिए।त्यसै गरि फुटबल प्रतियोगिता तर्फ गंगालाल सदनका आयुक अहमद (क्याप्टेन), विजय विक, भिम सुनार, रमेश घर्ति, अजित विक, नरेन्द्र यादव, सुनिल चौधरी, सुदन चौधरी, निखिल चौधरी, सुमन रोका, पुरन चौधरी, विशाल घर्ति, अभिषेक नेपाली निर्देश चौधरी, विशाल चौधरी रहेका थिए भने द्वितीय तर्फ दशरथ सदनका रजिन परियार, अनिल परियार, विमल नेपली, सन्दिप नेपली, श्रवण चौधरी, महादेव घर्ति, सुनिल रोका मगर, विशाल ठेडी मगर, कृष्णा बुढामगर, हर्कबहादुर कार्की, सबन यादव, सुदन विक रमेश विक, शिशिर चौधरी, मिलन थारु रहेका थिए जसमध्य उत्कृष्ट गोल रक्षक सोहन यादव र उत्कृष्ट खेलाडी गणेश बुढालाई पुरस्कृत गरिएको थियो।त्यसै गरि उक्त कार्यक्रममा सोही विद्यालयका भु.पू. प्रअ माधुरी ठाकुर, चेत राम चौधरी, यस वर्षको विद्यालयका उत्कृष्ट शिक्षक बालक राम यादव, उत्कृष्ट कर्मचारी रामेश्वर चौधरी, कमल चौधरी स्मृति अक्षय कोषका संस्थापक गुरु प्रसाद चौधरीलाई सम्मानपत्रका साथ दोसल्ला ओढाएर सम्मान गरीएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै राजपुर गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि शरद कुमार बुढाथोकीले सम्पूर्ण बिद्यार्थी भाइबहिनीहरू पढ्नको लागि तयार हुनुस् पढाउने जिम्मा राजपुर गाउँपालिकाले लिएको वताउनु भयो। उहाँले राजपुर भित्रका शिक्षा क्षेत्रमा रहेका हरेक चुनौतीहरूको सामना गर्नका लागि राजपुर गाउँपालिका तयार रहेको तर आफूहरू लगाएको लगानी खेर नजाओस् भनि सम्पूर्ण पालिका बासीका अभिभावकहरुलाई आफ्नो बालबालिकालाई राम्राेसँग ख्याल राख्दिन आग्रह समेत गर्नुभयो।उक्त कार्यक्रमकाे अवसरमा विशिष्ट अतिथि सामाजिक विकास डिभिजन कार्यालय तुल्सीपुरका प्रमुख बेगम केसी, राजपुर गाउँपालिका उपाध्यक्ष धनपति देवी यादव, वडा नम्बर २ का वडा अध्यक्ष ओम प्रकाश यादव,वडा नम्बर २ का वडा सदस्य रिता खनाल,नेवि संघका निवर्तमान उपाध्यक्ष पवन कुमार यादव,सुर्यद्वय कृषि सहकारी संस्थाका अध्यक्ष ऋषिराम खनाल सो विद्यालयका पुर्व शिक्षक अभिभावक संघका अध्यक्ष जमुना प्रसाद यादव, समाजसेवी देविराम सुनार(अपिल)लगायतका अतिथिहरुकाे शुभकामना मन्तबय रहेको थियो । विद्यालयको बार्षिक प्रतिबेदन प्रधानाध्यपक केशव राम यादवले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन लेखापाल सृजना खड्काले गरेका हुन्। कार्यक्रममा भिम बहादुर चौधारीको स्वागत मन्तब्य थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर राज गिरीको सभापत्तित्व रहेको थियो। कार्यक्रमकाे सञ्चालन तथा सहजिकरण भने सोही विद्यालयका सहायक प्रधानाध्यापक भानु योगीले गरेका थिए।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]