भानु जोशी/लमही बिहिबार, मंसिर ०८, २०७९

दाङ । देउखुरीको लमही बसपार्क स्थित सार्वजनिक सौचालय दिनप्रतिदिन दुर्गन्धित बन्दै गएकोछ। सौचालयको सेप्टीटंकी भरिएर ओभरफ्लोले लेदोजन्य फोहर बसपार्कमा छरपस्ट हुँदा ग्राहक तथा साना व्यवसायी आजित भएकाछन।

लमही नगर बिकास समितिले ठेक्कामा दिएको सौचालयको फोहरले संक्रमित रोग फैलिने सम्भावना बढदै गएकोछ। पटकपटक सेप्टीटंकी भरिएर लेदो बग्दा हामी यो फोहरमा बस्न बाध्य भएकाछौं वरपर व्यवसाय गर्ने साना व्यवसायीले भनेकाछन। बिरोध गर्नेहो भने पनि यिनी टहरा हटाइ दिन्छन कि भनेर सहनु परेकोछ एक व्यवसायले नाम उल्लेख नगर्ने सर्तमा भने।पुर्व पश्चिम ( महेन्द्र ) राजमार्गमा आवागमन गर्ने रात्रि तथा दिवा सेवाका यात्रुहरु समेत फोहर सौचालय प्रयोग गर्न बाध्य भएकाछन। सौचालय साह्रै दुर्गन्धित बनेकोछ,नाक थुनेर बस्नु पर्ने अवस्था आएकोछ, बाहिरै यस्तो दिसापिसाब बगेकोछ शुल्क भने पिसाब गरेको पनि १० रुपैया लिने,सरसफाइ गर्नु पर्दैन भनेर यात्रुहरुले भन्ने गरेकाछन । राजमार्गमा धेरै हिडिन्छ तर पिसाबको दश रुपैया लिने यो लमहीमा मात्र रहेछ एक यात्रुले गुनासो गरे । दुर्गन्धित सौचाल समयमै सरसफाइ नगरे रोगको संक्रमण बढ्ने निश्चितछ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु: शिवराज पन्थी,सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल,सम्बाददाताहरु: टोपेन्द्र खनाल, इराधा झाक्री मगर,शिव बस्नेत,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार:वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]