काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले संसदमा जान तम्तयार भएर बसेको बताएका छन् । आज चुनावका ‘बाचा पत्र’ सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन् ।
त्यस्तै उनले जनताका सामान्य भन्दा सामान्य माग र चाहनालाई बाचापत्रमा समेटेको बताए । हाफू देश दौडामा निस्किएको बेला जनताले पिउने पानी, बत्ती, पढ्न र उपचार जस्ता सामान्य कुरा माग गरेको बताए । यी कुरा जनताका अधिकार भएको भन्दै अहिले नेताहरुले तिनै कुरा दिन्छौं भनेर चुनावमा आश्वासन बाँडेको बताए ।
यस्तै उनले छोटो समयमा ६२ जिल्लामा पार्टीलाई विस्तार गर्न सफल भएको दाबीसमेत गरे । जसले देशका बेथिती अन्त्य गर्न सक्छ उसैमा आफ्नो पार्टीलाई बिलिन गरिदिने उनले बताए ।अनलाइनखबर