टोपेन्द्र खनाल/वरिष्ठ सम्बादाता सोमबार, साउन २३, २०७९

दाङ । लुम्बिनी प्रदेश,दाङ देउखुरी राजपुर गाउँपालिकाका सर्वपक्षियलाई प्रतिनिधित्व गराई राजपुर गाउँपालिकाले एक दिने ” जिवनोपयोगि अनुशिक्षण कार्यक्रम देउखुरीको लमही नगरपालिकाको सभाहलमा सम्पन्न गरेको छ ।राजपुर गाउँपालिकाको आयोजना तथा सिडस नेपालको सहयोगमा आयोजित कार्यक्रम राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षता तथा जनज्योती मावि, सुर्खेतका प्र.अ.एवं कार्यक्रमका प्रशिक्षक नारायण सिग्देलको प्रमुख आतिथ्य,पालिका उपाध्यक्ष धनपतिदेवी यादव र प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलको बिशिष्ठ आतिथ्यमा सम्पन्न कार्यक्रममा उपस्थित सबैलाई सुशासनतर्फ जोड दिदै “जिवनोपयोगी अनुशिक्षण ” सम्बन्धी तालिम प्रशिक्षक सिग्देलले दिनुभएको हो ।उहाँले अहिलेको शिक्षा जिवनोपयोगि नभएको ले शिक्षा आर्जन गरिसकेपछी युवाहरु बिदेशिन बाध्य भएको बताउदै अब त्यसो हुन नदिन राजपुरबासी सबैले आ.आफ्नो स्थानबाट जोड दिनुपर्ने बताउनु भएको छ । आफुले नेतृत्व गरेको बिद्यालयका बिध्यार्थीहरुले जिवनपयोगी शिक्षा हासील गरिरहेकोले अब राजपुरबासीका बिध्यार्थीहरुलाई पनि सोही अनुसार गर्ने वातावरण मिलाउन आग्रह गर्नु भयो ।

प्रक्षिक्षण लिएपश्चात् आ-आफ्नो धारणा राख्नेमा जनज्योती मावीका प्रअ केशवराम यादव,साधारण माविका अध्यक्ष घनश्याम चौधरी,दिपज्योती आधारभूत विद्यालय गुरुङखोलाका अध्यक्ष बिष्णु बुढा लगायतकाले बोल्नु भएको थियो ।वडा अध्यक्षहरुको प्रतिनिधित्व गर्दै वडा नम्बर ६ का अध्यक्ष श्याम बहादुर रोकाले राजपुरको विकासको निम्ति पार्टीको कुरा नसुनेर अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै पालिका अध्यक्ष शरद कुमार बिसिले मावि तहका प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्रपोजल तयार गरि आएमा गाउँपालिकाबाट ८/१० लाख रुपैयाँ दिने घोषणा गर्नु भएको छ ।त्यस्तै आफ्नो पालिकामा पालिकाको सभाहल नहुँदा लमहीको नगरसभाहलमा आउनुपरेको बताउनु भयो । राजपुर गाउँपालिकाको भवन निर्माणसम्बन्धी निर्णय कागजमा मात्र सिमित हुँदा र राजपुर क्षेत्रमा बनेका सभाहल प्रभावकारी नहुँदा यस क्षेत्रका बासिन्दा थप आर्थिक खर्च गर्नुपर्ने बाध्यता ब्यहोर्दै लमही पुग्नुपरेको हो ।

कार्यक्रममा सहभागीलाई राजपुर- लमही आउनेजाने यातायात खर्चबाफत प्रतिब्यक्ती पाँच सय रुपैयाँ खर्च उपलब्ध गराइएको थियो । आयोजित कार्यक्रमको संचालन राजपुर शिक्षा शाखा प्रमुख केशव लम्सालले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु: शिवराज पन्थी,सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल,सम्बाददाताहरु: टोपेन्द्र खनाल, इराधा झाक्री मगर,शिव बस्नेत,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार:वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]