शिबराज पन्थी/गढवा शुक्रबार, आषाढ २४, २०७९

दाङ । राजपुर गाउापालिका वडानं.६ बस्ने डम्बर बहादुर बिक का १३ बर्षिय छोरा नितेश बिक १६ महिना अघिदेखि भारतबाट हराए ।

गाउँका साथीहरुसंग भारतको तुलसीपुरमा घुम्न गएका उनि घर फर्किएनन् तर संगै गएका साथीहरु भने फर्किए । आफ्नो छोरा घर नफर्किएपछि डम्बर बहादुर बिक र उहाँकी श्रीमति छोरा हरायो भनेर आकुल ब्याकुल भए ।

पटक–पटक भारतको बलरामपुर र तुल्सीपुरमा छोराको खोजिमा बुवा आमा र गाउँलेहरु समेत निरन्तर लागिरहे तर नितेश भेटिएनन् । साथीसंग संगै घुम्न गएका नितेश भारतिय बजारमा हराएका र आफुसंग पैसा नभएपछि एक स्थानीयले भारतको गोण्डामा लगेर आर.एस.क्याफे रेष्टुरेण्टमा सरसफाईको काममा लागाइदिए । निजका बुवा डम्बरले खोजिगर्ने क्रममा सिमा प्रहरी चौकी र कोइलाबास स्थित शान्ती पुर्नस्थापना गृहलाई पनि छोराको हुलिया सहित खोजि गरिदिन आग्रह गरे । समय बित्दै गयो । कोइलाबासको शान्ती पुर्नस्थापना गृहले खोजि गर्ने क्रमलाई निरन्तर अगाडी बढाएको जिल्ला कार्यक्रम संयोजक कैलासु रानाले बताउनु भयो । भारतको गोण्डा स्थित पोर्टरगंजमा रहेको वाल रेखदेख संस्था (अअष्) ले होटल क्याफेमा एक नेपाली बालकले काम गरिरहेको कोइलाबासको शान्ती पुर्नस्थापना गृहलाई जानकारी सहित पत्राचार गर्यो । तत्काल शान्ती पुर्नस्थापना केन्द्रमा कार्यरत कर्मचारी त्यहाँ पुगेर वाल श्रम शोषणमा परेको वालकलाई उद्धार गरि नेपाल ल्याउने काम गरेको रानाले बताउनुभयो ।

बालकलाई नेपाल ल्याइएपछि इलाका प्रहरी कार्यालय गढवा, गढवा गाउँपालिका महिला तथा वालवालीका शाखा र सिमा प्रहरी चौकीसंगको समन्वय सहकार्यमा इप्रका गढवामा लगि मंगलबार १६ महिना देखि हराएरको वालक घर परिवारलाई बुझाइएको शान्ती पुर्नस्थापना गृह कोइलाबासले जानकारी दिएको छ । आफ्नो बच्चा भारतको क्याफेमा भेटाएर ल्याइदिएकोमा डम्बर बहादुर बिक र उहाँको परिवार खुसीले गद्धगद हुनुभयो ।आजभन्दा २ बर्ष अघि अर्थात् २०७७ को सुरुवातमा कोइलाबासको दशगजा नजिक नेपाली भूमीमा स्थापना भएको शान्ती पुर्नस्थापना गृहले नितेश बिक जस्तै धेरै वालवालीका र महिलाहरुको उद्धार गरिसकेको जिल्ला कार्यक्रम संयोजक कैलासु रानाले बताउनुभयो । हालसम्म दुइ वालीका र एक वालक गरि तिनजनालाई भारतबाट उद्धार गरि घरपरिवारको जिम्मा लगाइएको छ । एकजना हरियाणाबाट र एक देहरादुनबाट उद्धार गरिएको रानाले बताउनु भयो ।

त्यत्तिमात्र होइन गृहको कोइलाबासमा डेस्क स्थापना भएपछि श्रमशोषण र यौनजन्य हिंसामा परेका २७ महिलाहरुको पनि उद्धार गरिएको र कुल मिलाएर ३० जना नेपाली नागरिकहरुको उद्धार गरिसकेको रानाले बताउनुभयो । छिमेकी देश भारतमा नेपालका सिमा नाका क्षेत्रहरुको चोरबाटो प्रयोग गरेर मानव बेचबिखन तथा ओसार पसारमा संलग्न एक जनालाई पक्राउ गरि मुद्दा समेत चलिरहेको शान्ती पुर्नस्थापना गृह कोइलाबासले जानकारी दिएको छ ।भारतमा जोखिम पुर्ण अवस्थामा रहेका,श्रमशोषण र यौनजन्य हिंसामा परेका नेपाली चेलीहरु तथा वालवालीकाहरुको उद्धारका लागि यस संस्थाले कोइलाबास नाकामा मात्र होइन देशका बिभिन्न सिमा नाकाहरुमा काम गरिरहेको रानाले बताउनुभयो । यस संस्थाको केन्द्रिय कार्यालय काठमाण्डौको गोदावरीमा रहेको र नेपालका बिभिन्न नाकाहरुमा शाखा कार्यालय र डेस्क स्थापना गरिएको छ । हालसम्म महेन्द्रनगर,बेलौरी,दोधारा चाँदनी,ब्रम्हदेव, टिकापु,धनगढी, कोइलाबास,कृष्णनगर,चन्द्रौटा,नेपालगंज,खुनुवा,नरैनापुर,खडैचा,शिबपुरी,गुलरिया,सुरजपुर र कण्ठपुर लागायतका स्थानहरुमा शान्ती पुर्नस्थापना गृह स्थापना गरि संचालन गरिएको छ ।यस्तै यि स्थानहरुमा मानव बेचबिखन र ओसार पसारलाई नियन्त्रण तथा रोकथाम गर्न यस संस्थाले निकै पहल गरेको पाइएको छ । यस संस्थासंग समन्वय सहकार्य गर्न भारतमा पनि आन्तरिक नेटवर्क परिचालीत रहेको बताइएको छ । भारतमा ०९१७०१७३८५८८६ सम्पर्क नम्बर रहेको छ भने नेपाल स्थित केन्द्रिय कार्यालयको ०१५५७००३९ आइडी रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]